काठमाडौं । सामान्यतया अस्पतालमा देखिने दृश्य हो, बिरामी, बिरामीको आफन्त र चिकित्सक । तर काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालमा बुधवार बिरामी र उपचारमा संलग्न चिकित्सकहरु भन्दा फरक दृष्य देखियो । अस्पतालमा बिरामी, अस्पतालका कर्मचारी र चिकित्सकभन्दा धेरै नगर प्रहरीको हुल देखियो ।
बिरामीको उपचारमा व्यस्त रहने ग्राण्डी सिटी अस्पतालमा बुधवार नगरप्रहरी र अस्पताल संचालक बीच चर्कै भनाभनका अवस्था समते सिर्जना भयो । अन्य समयमा अस्पतालमा उपचारका लागि आउँने बिरामी, उपचारका लागि अग्रसर चिकित्सकको टोली र उपचार भइरहेको देखिन्थ्यो । तर बुधवार अस्पतालमा यी दृश्य कम र काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको चुरीफुरी बढि देखियो । अस्पताल प्रशासनलाई थर्काउँदै उनीहरुले तालाबन्दी गरे ।
एक दशकभन्दा बढि समय देखि स्वास्थ्य उपचारको क्षेत्रमा योगदान पु¥याउँदै आएको काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पताल पछिल्लो समय पारिवारीक झमेलाको मारमा पिल्सीएको छ ।
ज्योति ग्रुपका दुई दाजुभाइबीच अंशबण्डा हुदाँ दाईको भागमा रहेको भवनमा संचालित अस्पतालको कक्ष तथा उपकरणहरु हटाउन दाई कानुनी प्रक्रियामा गएका थिए । कानुनी प्रक्रिया काठमाडौ महानगरपालिकाको न्यायिक समिती हुदै जिल्ला अदालतसम्म पुगेको थियो ।
मुद्दाको फैसला दाजु पद्म ज्योतिको पक्षमा दुई वर्ष अगाडी नै भएका कारण अस्पतालको सेवा हटाउँन काठमाडौ महानगरपालिकाले पटक पटक आग्रह गरेको तर अस्पताल नहटाइएको काठमाडौं महागरपालिको आरोप छ ।
यसअघि गत कार्तिक सात गते पनि तालाबन्दी गर्न महानगर अस्पताल पुगेको थियो । तर पछि त्यतिबेला महानगरले पुनः ७ दिन म्याद थप गरेको थियो । पुनः थपिएको समय बित्दा पनि अस्पताल नहटाइएको भन्दै महानगरले तालाबन्दी गरिदिएको हो ।
व्यवहासयिक दुनियामा ख्याति कमाएको ज्योति गु्रपमा पछिल्लो समय देखिएको पारिवारीक असमझ्दारीका कारण सो ग्रुपबाट संचालित ग्राण्डी सिटी अस्पतालको सेवा प्रभावित बनेको छ ।
ज्योति ग्रुपका दाजुभाई बीचको टकराव र बिग्रिएको सम्बन्धका कारण अस्पताल जस्तो संवेदनशील सेवा भद्रगोल अवस्थामा पुगेको छ । दाजुभाइको अंशबण्डा विवादका कारण अस्पताल जस्तो संवेदनशील स्थान प्रभावीत बन्नु बिडम्बना भएको अस्पताल संचालक डा. रुप ज्योतिको भनाई छ । कानूनको बाटो समातेर दाईले अस्पतालको सेवा बन्द गराउँन खोजेको डा. रुप ज्योतिको आरोप छ ।
अस्पतालको सुरुवाती समयमा दाईको मन्जुरी र प्रेरणामा नै अस्पतालको सेवा विस्तार गरेको रुप ज्योतिले दाबी गरे । तर व्यतिmगत रिसिइबी कारण बहालवाला भवनबाट अस्पतालको सेवा हटाउन खोजेको उनको आरोप छ ।
बुधवार काठमाडौ महानगरपािलकाले ग्राण्डी सिटी अस्पतालको बहालवाल भवनमा संचालित पहिलो र दोस्रो तल्लामा रहेका विभिन्न विभाग बन्द गरिदिएको छ । तर एनआइसीयू र आईसीयू कक्षमा बिरामी उपचारत भएका कारण उक्त कक्षबाट बिरामी डिस्र्चाच भए पछि ताला बन्द गर्ने महानगरपालिकाले बताएको छ ।
अस्पतालले बहालवाला भवनमा संचालन गरेका सेवाहरु
- पहिलो तल्लामा एनआइसीयू
- एनआइसीयू आइसोलन
- डर्माटोलोजि विभाग
- इएनटी विभाग
- दोस्रो तल्लामा आइसीयू
-एचसीयू
-डायलिसिस लागयतका सेवा
अस्पताल संचालक रुपज्योतिका अनुसार कानुनी रुपमा आफु तल भए बहालवाला भवनको मासिक १ लाख ८० हजार तिर्दै आएको उनको भनाई छ ।
साथै अस्पतालको अति संवेदनशील सेवा बहालवाला भवनमा भएका कारण स्थानान्तरणका लागि लाग्ने समयको माग पटक पटक गरे पनि दाई पद्यज्योतिले वेवास्ता गरेको रुपज्योतिको आरोप छ ।
पारिवारीक बेमेलका कारण अस्पतालको सेवामा नै प्रभावित बन्दा धेरै सेवाग्राही समेत मर्कामा परेको अस्पताल संचालकको दुखेसो छ ।
पारिवारीक बेमेल हरेक परिवारमा हुन्छ जुन सामान्य नै हो । तर पारिवारीक बेमेलकै कारण ग्राण्डी सिटी अस्पतालको सेवा प्रभावित बन्नु भने निन्दनीय देखिएको छ ।