काठमाडौं । पछिल्ला केहि वर्षयता स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो सुनिने गरेको छ । स्वास्थ्य बीमामा देखिएका समस्याका कारण बीमीतहरुमा बीमा प्रति नै विश्वास हटेको तथ्य समेत बाहिरिन थालेको छ । तर स्वास्थ्य बीमामा केहि समस्या भए पनि स्वास्थ्य स्वास्थ्य बीमा प्रभावकारी छैन भन्ने गलत सूचना प्रभाह भइरहेको स्वास्थ्य बीमा बोर्डको दाबीे छ । साथै स्वास्थ्य बीमा बोर्डले यसलाई थप प्रभाकारी बनाउन बीमाको दायरा थप फराकिलो बनाउनु पर्नेमा जोड दिएको छ ।
गत भदौ अन्तिम साता त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बीमा बोर्डको शल्यक्रिया दर रेट र शिक्षण अस्पतालको दर फरक परेको भन्दैं बीमाअन्तर्गतको शल्यक्रिया सेवा नै बन्द भएको थियो ।
स्वास्थ्य बीमामा देखिएका हजारौ समस्या मध्ये त्रिवि शिक्षण अस्पतालको यो घटना एक उदाहरण मात्र हो । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका यी र यस्ता समस्याका कारण स्वास्थ्य बीमा प्रति उदासिन्ता देखिन्छ ।
तर स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोर बसौला भने आफेनो पाँच वर्षे कार्यकालमा स्वास्थ्य बीमा प्रभावकारी बनाउन सफल भएको दाबी गर्छन् ।
स्वास्थ्य बीमा बोर्डको अनुसार २०७७ को कार्तिक २६ गतेदेखि स्वास्थ्य बीमामा जनसंख्याअनुसारको आवद्धता १२ दशमलव ७९ प्रतिशतबाट ३० प्रतिशतमा पु¥याएको तथा परिवारको आवद्धता १४ प्रतिशतबाट ४० प्रतिशत बनाएको बोर्डको दाबी छ । साथै स्वास्थ्य बीमा नविकरण दर ५० प्रतिशतबाट ७९ प्रतिशत तथा सेवा उपभोग ३४ प्रतिशतबाट ४९ प्रतिशतमा पु¥याएको दाबी बोर्डको छ । स्वास्थ्य बीमाबारेका अफवाहले गलत सूचना जाँदा समस्या निम्तिएको बोर्डको बुझाई छ ।
स्वास्थ्यमा समस्या देखिएको समयमा उपचारका लािग नागरिकले आफ्नो खल्तीबाट रकम खर्चिन नपरोस भनेर सरकारले ८ वर्ष पहिले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो । तर पछिल्लो समय स्वास्थ्य बीमामा मौलाएका विविध समस्याका कारण स्वास्थ्य बीमाको प्रभावकारीता माथि नै प्रश्न उठिरहेको छ ।
विशेष गरी औषधि तथा समयमा स्वास्थ्य सेवा नपाउनु, सेवा प्राप्त गर्न लामो समय लाइन कुुर्न बाध्य हुनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा विभेद, बढि झन्जटीलो जस्ता समस्या भोग्नु परेको बीमितहरुको गुनासो सुनिने गरेको छ । तर स्वास्थ्य बीमा कार्यक्रम उपचार खर्च नभएर स्वास्थ्य उपचारबाट बञ्चित हुन तथा सहज रुपमा औषधी उपचार गर्न सकियोस भन्ने उदेश्यले ल्याएको कार्यक्रम हो । तर स्वास्थ्य बीमाको मुल मर्म अनुसार यसलाई संचालन गर्न सकिएको छैन ।
साथै बीमितहरुलाई पनि स्वास्थ्य बीमा सामाजिक उत्तरदायित्वको कार्यक्रम हो भन्ने सूचना प्रवाह गर्न नसक्दा स्वास्थ्य बीमा कार्यक्रमले उदेश्य अनुसारको उपलब्धी हासिल गर्न नसकेको जानकारहरु औलाउँछन् ।