News 24 Television
इतिहास रच्ने वा ट्रम्प चुन्ने भन्ने निक्र्याैल गर्दै अमेरिकी जनता 

काठमाडौं । अमेरिकाले निर्वाचनमार्फत राष्ट्रपति चुन्दैछ । निर्वाचनअघि उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता व्यक्त गर्नेदेखि मध्यपूर्वमा देखिएको तनाव व्यवस्थापनको विषयलाई मुद्दा बनाएका छन् । यस्तोमा कर घटाउनेदेखि नागरिक सर्वोच्चता कायम गर्ने विषयमा केन्द्रित अमेरिकी निर्वाचनको सन्देश के हो त ? 

अमेरिकी राष्ट्रपति विश्वमै शक्तिशाली पद हो । निर्वाचनमार्फत राष्ट्रपति चुन्ने अमेरिकामा मतदाताले दिएको अत्यधिक मतले मात्रै राष्ट्रपति चुन्दैन् । 

इलेक्ट्रोल कलेज भनिने प्रतिनिधिहरुले राष्ट्रपति चुन्ने भएकाले अमेरिकी चुनावको रौनक छुट्टै देखिन्छ । यस्तोमा अमेरिकाको चुनावमा पैसाको खोला मात्रै बगेको छैन्, विश्वलाई नै आक्रान्त बनाउने युद्धका विषय समेत चुनावी एजेण्डा बनेका छन् । 

राष्ट्रपतिको उम्मेदवार रहेकी कमला ह्यारिसले गाजा युद्धलाई अन्त्य गर्ने बाँचा गरिन् । गाजामा इजरायलले गरिरहेको नरसंहार अन्त्य कहिले हुन्छ भन्ने विश्वको चासोकाबीच ह्यारिसले गरेको यस्तो बाँचा अत्यन्तै रोचक छ । 

अहिले उपराष्ट्रपति रहेकी ह्यारिसले गरेको बाँचामा केहि अमेरिकी विश्लेषकले मजाक बनाइरहेका छन भने केहिले युद्ध अन्त्य गर्ने बाँचालाई मुख्य विषय बनाएका छन् । 

यस्तोमा इजरायल युद्धलाई सघाइरहेको अमेरिकाले चाहेमा युद्ध अन्त्यको सम्भावना टाढा छैन् । तर, गाजा युद्धबारे बोलेकी ह्यारिसले युद्ध अन्त्यको योजना भने विस्तृतमा बताएकी छैनन् । यता, रुस युक्रेन युद्ध पनि अमेरिकी चुनावको नतिजामा निर्भर हुने धेरेले अपेक्षा गरेका छन् । 

ह्यारिस जस्तै ट्रम्प पनि अहिले भइरहेका युद्ध आफू राष्ट्रपति भएको भए हुँदै नहुने जिकिर गरिरहेका छन् । रुस युक्रेन युद्ध होस वा गाजा युद्ध आफू राष्ट्रपति बने अन्त्य हुने ट्रम्पको दाबी छ भने ह्यारिसभन्दा ट्रम्पले अनेक एजेण्डा पेश गरिरहेका छन् । 

यसको पछाडी छन अर्बपति स्पेसएक्सका मालिक एलन मस्क । मस्कले ट्रम्पको पक्षमा चुनावी सभामा भाग लिनेदेखि ठूलो रकम बाँड्ने काम गरिरहेका छन् । यता, ह्यारिसलाई पनि चर्चित अनुहारहरुले समर्थन भने गरिरहेका छन् ।

राष्ट्रपति बन्न ५० राज्यमा रहेका इलेक्ट्रोल कलेजको बहुमत ल्याउनुपर्ने हुन्छ । हरेक राज्यमा रहेका एलेक्ट्रोल कलेजमा बहुमत ल्याउन नसकिए राष्ट्रपति चुनाव जित्न कठिन हुन्छ । यसकारण पनि उम्मेदवारहरुले स्विङ स्टेट भनिने राज्यमा सबै बल प्रयोग गर्छन र मतदाता रिझाउन अनेक उपाय अवलम्बन गर्छन् ।

उसोतः ट्रम्पले करका दायरामा संकुचन ल्याउनेदेखि नागरिक सर्वोच्चता कायम गर्ने र डेमोक्रेटिक पार्टीको दुष्टताविरुद्ध लड्ने दाबी गरिरहेका छन् । यता, कमला ह्यारिसले पनि अमेरिकी अर्थतन्त्रको विकासदेखि नागरिकलाई सेवा दिने विषयमा अहम काम गर्ने जिकिर गरिरहेकी छिन् । 

अमेरिकी राष्ट्रपति र इतिहास

अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनेछन् भन्ने विषयको निर्क्यौल यो निर्वाचनले गर्नेछ । 

कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्यांक छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्नेछन् । अमेरिकी इतिहासमा ह्यारिसले निर्वाचन जिते उनी नै पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ०५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update