काठमाडौँ । पछिल्लो ५ दिन यता काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदली भइरहेको छ । गएको विहीवारबाट आएको बदलीका कारण अधिकांश स्थानमा मेघ, गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वर्षाले काठमाडौ उपत्यका सहित देशभरको जनजीवन प्रभावित बनेको छ । मौसममा आएको यो बदलीसँगै तापक्रममा गिरावट आई अब देशभर चिसो बढ्ने छ ।
यो दृष्य सोमबार दिउँसो भएको वर्षा र वर्षाले यात्रुलाई पारेको प्रभावको हो । काठमाडौं उपत्यकामा सोमबार मध्यम वर्षा भयो, जसका कारण दिउँसो यात्रुहरु प्रभावित भए । आइतबार पनि काठमाडौंमा हल्का वर्षा भएको थियो । मध्यम प्रकृतिको वर्षा काठमाडौंमा मात्रै होइन देशका अधिकांश स्थानमा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो वर्षाले अब जाडो बढ्ने प्रष्ट संकेत गरेको छ । वर्षा भएसँगै अब तापक्रममा गिरावट आउँदै जाने महाशाखाले जनाएको हो । पश्चिमी वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको असर अहिले नेपालको मौसममा परेको हो । मौसम पूर्वानुमा मशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।
सोमबार दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको भयो । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना थियो । यद्यपि, हिमपातनै भइसकेको अवस्था छैन ।
सोमबार मौसममा आएको परिर्वनका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा वर्षा भए पनि मंगलबारबाट भने मौसममा क्रमश सुधार हुदैं जाने मौसमपूर्वानुमान महाशाखाको भनाई छ । यद्दपी, मनसुन बाहिनु अघि मौसममा आएको परिर्वन भएका कारण वर्षासँगै मुलकभर क्रमस चिसो बढ्दै जाने समेत जल तथा मौषम पूर्व अनुमान महाशाखाले जनाएको छ ।