दिदीबहिनी र दाजुभाइ नहुनेहरूको टीका बालगोपालेश्वरमा (तस्वीर)
काठमाडौँ । ऐतिहासिक रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर तिहारको भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने यस मन्दिरमा भाइटीका ग्रहण गर्न आउनेहरुको भीड लाग्छ ।
दिदीबहिनी र दाजुभाइ नहुनेहरूले यहाँ आएर भाइटीका लाउने र लगाइदिने गर्दछन् । यस वर्ष पनि भाइटीकाको दिन आइतबार बिहानैदेखि बालगोपालेश्वरको पूजा तथा दर्शन गरेर टीका लगाउनेहरुको भीडभाड लागेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय