शीतल निवासमा राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान भाइटीकाको शुभसाइतमा नै टीक लगाएका छन् । बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट राष्ट्रपति पौडेलले बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन् ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेलले दुवैजना बहिनीहरुलाई पनि टीका लगाइदिए । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका सौगात प्रदान गरे ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा थियो । यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने पनि समितिले जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ १४:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय