News 24 Television
तेल र बात्तीको दियो हरायो, विद्युतीय दियो प्रचलनमा

काठमाडौं । विश्वव्यापी करणका कारण हिन्दु नेपालीहरुको महान चार्ड दशैं तिहार छठ जस्ता पर्व मनाउने तौरतरिकामा पनि फरक आएको छ । 

विगतमा मादल, झ्याली र डम्फु बजाउँदै गाउने भैलो अहिले चर्काे स्वरमा लाईभ म्युजिकमै गाईन्छ । सुकिलो चार्डका रुपमा मानिने तिहार अहिले भने केही भड्कीलो जस्तो देखिन थालेको छ । 

चार्डपर्व भरिमा तिहार लाई सुकिलो चार्डका रुपमा हेरीन्छ । तिहारमा दिदि बहिनाका हातबाट दाजुभाईले टिका लगाएर मात्रै होइन, काग, कुकुर, गाईं, गोरु देखि धनकी रानी लक्ष्मी समेतलाई पुजा गरेर मनाइन्छ । 

यो पर्वमा भैली गाउने मिठो मसिनो खाने, लिङ्गे पिङ, रोटेपिङ खेल्दै रमाइलो गरीन्छ, भने घरमा साँझका बेला बत्ति बाल्नेदेखि झिलिमिलि बनाउने गरीन्छ । बर्षैं अगाडि अहिलेको जस्तो प्रविधिको बिकाश थिएन । 

अहिले बल्ने झिलिमिली बत्तिको ठाउँमा घरका ढोका अगाडि दियोमा तेल र बात्ति राखेर बालिएको बत्तिले उज्यालो बनाइन्थ्यो भने ओखर फोरेर झिम फाल्ने गरिन्थ्यो । त्यसपछि मैनवत्तीका प्रयोग पनि उत्तिकै हुने गरेका थिए ।

मैनीबतीसमेत प्रयोग हराउँदै विद्युतीय दियोहरु प्रयोगमा आएका छन् । बिगतमा पनि तिहारमा भैलो खेल्ने प्रचलन थियो । उक्त भैलो मनोरञ्जनका लागि केन्द्रित हुन्थ्यो तर अहिले पहिले झै भैलीमा रमाइलो समेत देखिदैन । 

विगतमा मनाउने तिहार र अहिलेको तिहारमा धेरै फरक रहेको बरिष्ठ पत्रकार भैरव रिसाल बताउँछन् । विगतमा तिहारमा गाउने गीतमा सम्मान, मर्यादा, सब्यता, नागरीकता, स्नेह, सद्भावना र आर्सिवाद मिसिका हुन्थे । तर अहिले भने त्यस्ता गित कमै मात्रामा सुन्न र देख्ने गरीएको रिसाल बताउँछन् । 

नेपाली हिन्दू पात्रो अनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिने मनाइने तिहारलाई भारतमा दीपावली भन्ने गरिन्छ  । 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update