News 24 Television
बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडक विस्तार शुरु

रुपन्देही । बुटवललाई पश्चिम क्षेत्रसँग जोड्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेनको सडक निर्माण गर्न शुरु गरिएको छ ।

करिव ६ दशकपछि सडक फराकिलो हुन थालेपछि यस सडक खण्डमा स्थानीय उत्साहित भएका छन् । तर, चिनियाँ कम्पनीको ठेक्का भएकाले बुटवल–नारायणघाट सडक खण्डजस्तै समयमै पूरा नहुने हो कि भन्ने आशंका कायमै छ ।

देशकै पुरानो पूर्वपश्चिम राजमार्ग अन्तरगतको बुटवल–गोरुसिंगे–चन्दै्राटा सडक विस्तारको काम सुरु भएको  छ । बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक अन्तरगत पहिलो खण्ड बुटवलदेखि गोरुसिंगेसम्म विस्तार गरिनेछ । 

गत असारमा बुटवल–गोरुसिंगे सडकलाई ६ लेनमा विस्तार गर्ने गरि ठेक्का लगाई ४ कात्तिकदेखि काम सुरु भएको हो । आयोजनाको पहिलो खण्डको सडक विस्तारका लागि रु. १३ अर्ब ५५ करोड ६५ लाख रुपियाँमा ठेक्का लागेर पहिलो चरणको काम आरम्भ भएको बुटवल–गोरुसिंगे सडक आयोजनाले जनाएको छ । 

पहिलो खण्डलाई पनि टुक्राईएको छ । दुई चरणमा २५÷२५ गरि ५० किलोमिटर सडक विस्तार गर्न लागिएको सडक आयोजनाको भनाई छ  ।

पहिलो चरणका लागि रु.७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि रु. ५ अर्ब ६६ करोड २२ लाखमा ठेक्का लगाइएको हो । 

पहिलो खण्डमा सडक विस्तार गर्नुको साथै साना ठुला ३० वटा पुल निर्माण गरिने छ । ठेक्का सम्झौता अनुसार १ सय ५५ वटा कल्र्भट तथा ६ वटा अन्टरपास र ओभरपास पनि निर्माण गरिने छ । 

चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन ईन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवाले ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएका छन् । 

विश्व बैँकको ऋण सहयोगमा स्तरोन्नत्ति हुन लागेको यो सडक भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग अन्र्तगत रहेर काम अघि बढेको छ । 

६ लेन भित्र पर्ने संरचना हटाउनका लागि प्रक्रिया अघि बढेको र रुख कटानका लागि वन विभागबाट अनुमति भैसकेको आयोजनाले उल्लेख गरेको छ । 

क्षतिपुर्ति दिने गरि सडक भित्र पर्र्नेे संरचना हटाउने र छठपर्व लगत्तै पुर्वाधार निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । चिनियाँ कम्पनीले ठेक्का पाएको बुटवल–नारायणघाट सडक विस्तारको ढिलासुस्ती देख्दा यो सडक पनि उस्तै हैरानी ब्यहोर्नुपर्ने हो भन्ने स्थानीयले आशंका गरेका छन् । 

विकासको पहिलो आधार नै सडकलाई लिने गरिन्छ । फराकिलो र सुरक्षित सडकले दुर्घटना रोक्न मात्र होइन, व्यवसाय प्रवद्र्धनमा पनि सघाउँछ । २०१८ सालमा निर्माण भएको यो राजमार्ग अन्तर्गत बुटवल मध्यखण्डमा पर्दछ । 

नारायणघाट–बुटवल सडक विस्तार जस्तो ढिला नहुने गरि यो सडक विस्तार हुने बुटवल गोरुसिंगे सडक विस्तार अयोजनाले दाबी गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update