News 24 Television
मध्यपूर्वको तनाव थप उत्कर्षमा, कहाँ कस्तो खतरा ?

काठमाडौं । मध्यपूर्वको तनाव सुल्झिनुको साटो थप बिग्रिने स्थितिमा छ । इजरायलले गरिरहेको युद्ध र रुस–युक्रेन युद्धले मानवीय संकट मात्रै नभएर विश्व समुदायलाई नै तहस–नहस बनाउने त होइन भन्ने चिन्ता समेत व्यक्त गरिन थालिएका छन् । 

यता, इजरायलविरुद्ध लडिरहेको हिजबुल्लाहले मुख्य नेता छानेसँगै फेरि तनाव चुलिने डर पैदा भएको छ । विश्व शान्तिको आवाज बुलन्द बन्दै गएपनि अशान्ति थप चर्को बन्दै तीव्र गतिमा अघि बढेको छ । मध्यपूर्वको तनाव सुल्झिनुको साटो थप बिग्रिने स्थितिमा छ । 

इजरायलले गरिरहेको युद्ध र रुस–युक्रेन युद्धले मानवीय संकट मात्रै नभएर विश्व समुदायलाई नै तहस–नहस बनाउने त होइन भन्ने चिन्ता समेत व्यक्त छ । इजरायलविरुद्ध लडिरहेको हिजबुल्लाहले मुख्य नेता छानेसँगै फेरि तनाव चुलिने डर पैदा भएको छ । 

इजरायलले त्यस क्षेत्रको शान्ति, आफ्नो हित रक्षा र विश्व शान्तिको नाममा प्यालेस्टाइन, लेबनान र इरान लगायतका मुलुकमा बमबारी गरिरहेको छ । 

प्यालेस्टाइनको हमास समूहविरुद्ध कडा युद्धमा होमिने जिकिर गर्दै आएको इजरायलले अन्धाधुन्ध बमबारी गर्दै हजारौं मानिसको ज्यान लिइसकेको छ । यो युद्धको पृष्ठभूमीमा इजरायलमात्रै नभएर अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरु समेत भएकाले मानवीय नरसंहार रोकिने अवस्था छैन् । 

यस्तोमा हिजबुल्लाहका नयाँ नेतामा शेख नइम कासिम प्रमुख नेता चुनिएका छन् । उनले पूर्ववर्ति हिजबुल्लाह प्रमुखले अख्तियार गरेको युद्ध रणनीति अनुसार नै हिजबुल्लाह अघि बढ्ने समेत दाबी गरेका छन् । 

इजरायलले गाजा क्षेत्रमा मच्चाएको खतराको सामना  र गाजाको समर्थन गर्न हिजबुल्लाह तयार रहेको जिकिर गरेका छन् । यद्यपी उनले युद्धविराम गर्न सकिने विषयमा समेत खुला रहेको बताको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । 

रुस युक्रेन युद्धमा समेत नयाँ ट्वीस्ट आएको छ । रुसविरुद्ध लडिरहेको युक्रेनलाई पनि अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरुले दिएको समर्थन कायमै रहेसम्म युद्ध अन्त्य हुने सम्भावना क्षीण हुने विश्लेषण हुने गरेको छ ।

यता, युक्रेनविरुद्ध लड्दा एक्लिएको रुसले उत्तर कोरियाली सेना तैनाथ गरेको चर्चाले युद्ध र विश्व मानव समूदाय चेपुवामा पर्ने खतरा थप बढेको छ । 

उत्तर कोरियाले रुसमा आफ्ना सेना पठाएको विवरण सार्वजनिक हुनुअघि नै किम जोङ उनले लामो दूरीको महत्वकाक्षी क्षेप्यास्त्र प्रक्षेपण गरेर विश्व समूदायलाई नयाँ चुनौति दिएका छन् । 

परमाणु अस्त्र सम्पन्न उत्तर कोरियाले दिएको चुनौति र रुसमा फौज पठाएको विषयले समेत चर्चा र चासो भने बढेको छ । 

युद्धमा अमेरिका र पश्चिमा शक्ति राष्ट्रको सहभागिता

यस्ता युद्धमा अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरुले समर्थन गर्ने र हात हतियार समेत निर्वाध वेच्ने गर्नाले मानवीय खतरा टर्न सकेको छैन । 

आफू आणविक हतियारले सुसज्जित बनेपछि अन्य मुलुकमाथि उनीहरुले लगाएका रोक र शासकहरुले मुलुकलाई आणविक शक्ति राष्ट्रमा लैजाने सनकले विश्व समूदाय नै खतरमा पर्ने गरेको छ । 

अझ, घोषित रुपमै अमेरिका र पश्चिमा शक्ति राष्ट्रहरुले गर्ने व्यवहारले समेत तनाव रोकिने संकेत खास देखिन्न । 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update