पाेखरा । पोखरा महानगरपालिकाले प्लास्टिकबाट बनेका फूल बेच्ने पसल र रङ हाली उत्पादन गरिएको झिलिङ्गा उद्योगमा अनुुगमन गरेको छ । प्लास्टिकका फूल बिक्री वितरण भएको र खाद्य पदार्थमा रङ मिसाइएको गुुनासो आएसंगै पोखरा महानगरपालिकाको टोलीले फुल बेच्ने पसल र झिलिङ्गा उद्योगमा अनुुगमन गरेको हो । अनुगमनका क्रममा महानगरले विभिन्न पसलबाट ३० हजार बराबरको प्लास्टिकबाट बनेका फूलहरू जफत गरेको छ ।
पोखरा महानगरपालिका मंगलवार विभिन्न वडा र मुख्य चोकमा रहेका पसल तथा उद्योगमा महानगरले अनुुगमन ग¥यो । अनुुगमनका क्रममा प्लास्टिकका फुल बेच्ने पसललाई आवश्यक कारबाहीका लागि महानगर बोलाइएको छ भने प्लास्टिकका फूलहरू जफत गरिएको छ । साथै रङहाली बनाइएको झिलिङ्गा उद्योगलाई रङ्ग हाली बनाइएको झिलिङ्गा बेच्न निषेध गरियो । अनुगमनमा विभिन्न पसलबाट ३० हजार बराबरको प्लास्टिकबाट बनेका फूलहरू जफत गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा फूल बेच्ने पसलमा विगतका वर्षहरूमा भन्दा अहिले पसल सञ्चालकहरु सचेत रहेको देखिएको तर खाद्य पसलहरूमा भने सचेतनाको कमी रहेको देखिएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरिया बताउँछन् ।
पोखरा महानगरको अनुगमन टोलीले पसलमा मूल्यसूची राखे÷नराखेको, साइनबोर्ड भए÷नभएको, व्यवसाय दर्ता तथा नवीकरण, म्याद नाघेको सामान, पान वा भ्याट दर्ता, संचालनका लागि आवश्क मापदण्डको पालनाको अवस्थालाई आधार मानेर अनुगमन गरेको हो । सरकारको मात्रै प्रयासले सफल हुन नसक्ने र उपभोक्ताले पनि निषेध गरेको कुरा प्रयोग नगरिदिए सबै ठीक हुने पोखरा महानगरस्तीय राष्ट्रिय उपभोक्ता मञ्चका उपाध्यक्ष हुुमनाथ अधिकारी बताउँछन् ।
अनुगमनमा दिइएको विभिन्न निर्देशन पालना नभएको पाइए कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत महानगरले दिएको छ । अनुगमनका क्रममा पसलबाट निषेध गरिएको प्लास्टिकका फूल जफत गरी आवस्यक कारबाहीका लागि महानगर बोलाइएको अनुगमन टोलीका प्रमुख मनहर कडरिया बताउँछन् ।
केही साता देखि माछामासु पसल, खाद्य पसल, दुग्ध जन्य पसल तथा उद्योगमा अनुगमन गरेको पोखरा महानगरपालिकाले मङ्गलबार फूल पसल तथा झिलिंगा उद्योगमा अनुगमन गरेको हो । विगतमा चाडपर्वको मौषममा मात्र अनुगमन हुने गरेको गुनासो आएपछि पोखरा महानगरले नियमित अनुगमनलाई तीव्र पारेको छ ।