काठमाडौं । मंगलबार विश्व मस्तिष्कघात दिवस, हरेक वर्ष अंग्रेजी महिनाको अक्टोबर २९ तारिखका दिन मस्तिकष्कघातको विषयमा जनचेतना जगाउने उदेश्यले यो दिवश मनाउने गरिन्छ । तर पनि स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या पछिल्लो समय विश्वभरमा नै बढ्दो देखिन्छ ।
नेपालमा पनि मस्तिष्कघातको समस्या बढ्दो छ । नेपालमा चार जनामध्ये एक जनामा मस्तिष्कघात सम्बन्धी समस्या देखिने गरेको छ । विश्वमा प्रत्यक वर्ष करिब दुई करोड व्यक्तिमा स्ट्रोक अर्थात मस्तिष्कघात हुने गरेको तथ्याङ्क छ । ती मध्ये ५० लाखको मृत्यु मस्तिष्कघातकै हुने गरेको छ भने मस्तिष्क घातका कारण ५० लाख मानिस पूर्णरुपमा अपाङ्ग हुने गरेको तथ्यांक छ ।
नेपालमा यकिन तथ्यांक नभए पनि चार जनामध्ये एक जनामा मस्तिष्कघात सम्बन्धी समस्या हुने गरेको अनुमान छ । साथै ४५ वर्षमुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुने गरेका छन् ।
नेपालमा पनि पछिल्लो समय मस्तिष्कघातका बिरामी बढ्दो क्रममा रहेको चिकित्सक बताउँछन् । साथै मस्तिष्कघातको समस्या मौसम परिर्वन हुने समयमा अझै बढि देखिने चिकित्सकको भनाई छ ।
मस्तिष्कघात बालबालिका र युवाहरुमा देखिएपनि प्रायः ६५ वर्ष नाघेकाहरुमा यो समस्या बढि देखिने गरेको छ । बृद्धावस्थामा मस्तिष्कका नशाहरु साँघुरिदै जाने र उच्चरक्तचाप र मधुमेह हुने कारण मस्तिष्कघातको संभावना उच्च हुने गर्दछ ।
के हो स्ट्रोक अर्थात मस्तिष्कघात ?
सामान्य भाषमा भन्नुपर्दा मस्तिष्कमा हुने एक प्रकारको अट्याक अर्थात घात नै मस्तिष्कघात हो । मस्तिष्कसम्म रगत जाने नशा फुटेर वाँ साँघुरो भएर रगत प्रवाह बन्द भएको अवस्थामा मस्तिष्कघात हुने गर्दछ ।
नशा बन्द मात्र भएको अवस्थामा यसलाई स्केमिक स्ट्रोक र नशा नै फुटेको अवस्थामा भने यसलाई हेमोरेजिक स्ट्रोक भन्ने गरिन्छ ।
वल्र्ड फेडरेसन अफ स्ट्रोकका अनुसार ४ जनामध्ये एकजनामा जीवनको कुनै न कुनै कालखण्डमा मस्तिष्कघात हुने गर्दछ । यदि मस्ष्तिकघातको समयमा उपचार भएन भने मृत्यु नै हुने तथा आजिवन अपांगता समेत गराउने सम्भावना हुन्छ ।
मस्तिष्कघातका बिरामीलाई समयमैै अस्पताल लगेर उपचार गर्न सक्ने हो भने ६० प्रतिशत बिरामी औषधीबाट नै निको हुने चिकित्क बताउँछन् । तर मस्ष्तिकघात भएका केहि बिरामीमा हातगोडा नचल्ने, बोल्ने शतिm र स्मरणशक्ति समेत गुम्ने गर्दछ ।
यसरी मस्ष्तिकघातबाट निम्तने शारीरिक जटिलता भएका बिरामीको लागि पुनःस्थापना केन्द्र आवश्यक पर्ने चिकित्सक बताउँछन् ।
यदि यस्ता बिरामीलाई राम्रो हेरचाह गर्न सकिएन भने ६ देखि ८ महिना पनि बचाउन गाह्रो हुने गर्दछ । स्नायु रोगका जोखिम कारकहरू प्रदूषण, मदिरा सेवन, मोटोपना, धूमपान, तनाव, विलासी जीवनशैलीलाई लिने गरिन्छ ।
त्यसैले यस्ता समस्याबाट जोखिन खानपिनमा ध्यान दिने, मधुमेह, रक्तचापमा नियन्त्रण गर्ने, मदिरा, चुरोट जस्ता अस्वथ्यकर वस्तु सेवन नगर्ने, दैनिक ८ घण्टा निदाउने जस्ता कुरामा ध्यान दिन पर्ने चिकित्सक सुझाउँछन् ।