News 24 Television
क्यान्सरको उपचार अब निःशुल्क !

काठमाडौँ । पछिल्लो समय सरकारले स्वास्थ्य उपचारको क्षेत्रमा महत्वपूर्ण कदमहरु अगाडी बढाउन थालेको छ । स्वास्थ्य उपचार महत्वपूर्ण विषय भएका कारण पनि सरकारले स्वास्थ्य उपचारको क्षेत्रलाई पछिल्लो समय महत्वका साथ काम गर्न खोजेको देखिन्छ । स्वास्थ्य उपचार सहजताका चालेको अर्को कदममा रुपमा सरकारले १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर देखिएको अवस्थामा निःशुल्क उपचार गर्ने भएको छ । 

सरकारले तीन वटा सरकारी अस्पतालमा क्यान्सरको निःशुल्क उपचार गर्ने बताएको छ । जसमा कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र चितवनको भरतपुरस्थित बीपी  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल रहेका छन् । मंसिर १ गतेबाट यी अस्पतालहरुमा क्यान्सरको निःशुल्क उपचार  सेवा लिन सकिन्छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक व्यवस्थापनमा जुटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

बालबालिमा हुने क्यान्सरको उपचार अधिकांश सरकारी अस्पतालमा नै हुने गरेको छन् । क्यान्सर रोगको पहिचान तथा उपचार समयमा भएको अवस्थामा अधिकांश क्यान्सरको उपचार शतप्रतिशत सफल चिकित्कस बताउँछन् । तर क्यान्सर रोगको उपचार खर्च भने निकै मंहगो हुने गरेको छ । यसै विषयलाई ममन् गदै थोरै भए पनि सरकारले अहिले पनि सबै उमेर समुहका क्यान्सर बिरामीलाई उपचारका खर्च स्वरुप  १ लाख रुपौंया प्रदान गदै आएको छ । 

साथै अहिले १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर भएको अवस्थामा निःशुल्क उपचार गर्ने योजना सकारात्मक भएको जनस्वास्थ्य विज्ञको भनाई छ । तर रोगी जुनसुकै स्थिानका हुन सक्ने र तोकिएका अस्पताल उपचार खर्च निशुल्क गरिए पनि अन्य खर्च जुटाउँन नसक्ने बिरामीका परिवारका यो योजना खासै प्रभावकारी हुन नसक्ने विज्ञहरुको बुझाई छ । यसका लागि सरकारले क्यान्सर उपचारको उपचार सहित उपचारका क्रममा लाग्ने बाटो खर्च तथा बस्ने खाने व्यवस्थापन तर्फ समेत ध्यान दिनुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । 

तथ्यांक अनुसार नेपालमा कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरको कारण मृत्यु हुनेगरेको सरकारी तथ्यांक छ । यसैगरी बालबालिकामा हुने क्यानसरको तथ्यांक केलाउँने हो भने नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिका क्यासरबाट पिडीत हुने गरेका छन् । 

बच्चामा हुने अधिकांश क्यान्सर डीएनएमा खराबी आएका कारण हुने मानिएको छ । क्यान्सर राग लगेका बालबालिकाले उपचार नपाएर ज्यान गुमाउँन नपरोस् भन्दै सरकारले उपचार खर्च निशुल्क गर्नु पक्कै सकारात्कक कदम हो । तर स्वास्थ्य उपचार निःशुल्क बनाउँनुका साथै सरकारले ल्याएको यस्ता सेवा सबैको पहुँच सम्म प्रभावकारी ढंगबाट कसरी प¥याउँन सकिन्छ भन्ने विषय तर्फ पनि ध्यान दिन पर्ने देखिन्छ । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update