News 24 Television
ओलीमाथि फेरि यस्तो संकटको बादल ! कांग्रेसभित्रै बारुदको गन्ध ! 

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । सरकारको स्थायीत्वमाथिका प्रश्नमा तलमाथि नहुने जिकिर गर्दै आएको सत्ता गठबन्धन र शेखरले थालेको विरोध श्रृङ्खखलाले पनि सरकार लामो समय जाला ? शंका र प्रश्न उब्जिन थालेका छन् । 

कांग्रेस र एमाले मिलेर दुई तिहाई बढि बहुमतको सरकार निर्माण गरेपनि सरकार सेवा प्रवाहमा चुकिरहेको आरोप लागिरहेको छ । सत्ता गठबन्धनले सरकारको कामलाई प्रभावकारी र चुस्त भनेपनि कांग्रेसभित्रै यसको विरोध देखिन्छ ।

प्रधानमन्त्रीको पालो कुरिरहेका कांग्रेस सभापति शेरहादुर देउवाले सरकारको सय दिनको कामबाट सन्तुष्ट रहेको जिकिर गरिरहेका छन् । 

देउवाले जस्तै गृहमन्त्री समेत रहेका रमेश लेखक पनि सरकारको स्थायित्वमाथिका प्रश्न अस्वीकार्य भन्दै पुरा कार्यकाल सरकार जाने दाबी गरिरहेका छन् । सत्ता गठबन्धनको बैठकपछि लेखकले सरकार नढल्ने र पुरा कार्यकाल जाने जिकिर गरिरहेका छन् । 

कांग्रेसले सरकारको पक्षपोषण गरिरहेपनि कांग्रेसभित्रैबाट सांकेतिक विरोध भने शुरु भएका छन् । देउवा निकट मानिने कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले पनि प्रसंग नै नमिलेको बेला तत्कालीन समयमा केपी ओलीले संसद विघटन गरेको विषय उठान गरेका छन् ।
सत्ता गठबन्धनबाट सन्तुष्ट बन्न नसकेको सन्देश दिन खड्काले ओलीले गरेको संसद विघटनलाई असंवैधानिक कदम भनेका छन् । 

यसरी खड्काले जस्तै सरकार निर्माणमा अहम भूमिका खेलेका नेता शेखर कोइरालाले पनि सरकारको सय दिनलाई उपलब्धिपूर्ण नभएको जिकिर गरेका छन् । शेखरले सरकारले सहि दिशा समात्न नसकेको जिकिर गर्दै असन्तुष्टी पोख्न थालेका छन् । 

शेखरले सरकार नढल्ने, देउवाले चुनावी सरकारको नेतृत्व गर्ने लगायतका विषय उठान गरिरहेपनि सरकारको कामप्रति असन्तुष्टी भने पोखिरहेका छन् । सरकारले गति बढाएको दाबी गरेपनि संगति मिल्न नसकेको आरोप भने व्याप्त छ । 

यस्तोमा प्रतिपक्षी दल देखि जनताले समेत आलोचना थालेकाले शेखरको जस्तै असन्तुष्टीले कतै ओली नेतृत्वको सरकारले लामो समय सेवा प्रवाह गर्न नपाउने त होइन ? शंका भने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update