News 24 Television
एनआरएनएलाई वंशजको नागरिकता कति सहज ?

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई गैरआवसीय नेपाली नागरिकता दिन थालेपनि उनीहरुले वंशजको नागरिकता पाउनुपर्ने आवाज उठाउन थालेका छन् । 

नेपालमा लगानी गर्ने र लगानीको प्रतिफल विदेश लैजान सहज हुने गरि वंशजको नागरिकता माग गरिरहेका एनआरएनएहरुलाई नेपालको कानूनले कसरी चिन्छ ? 

गैर आवासीय नेपाली संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसंग बिदेशमा रहेका नेपालीले वंशजकै आधारमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने माग पेश गर्ने तयारी गरेका छन् । 

सन २००३ वाट शुरु भएको गैरआवासिय नेपाली संघको स्थापना भए यता नेपालमा अपेक्षाकृत लगानी र प्रविधि भित्रिन नसकेको बताइन्छ । 

नेपालको पर्यटन, होटल, अस्पताल, जलबिद्युत, सूचना प्रविधिको क्षेत्रमा हालसम्म करीव ५ खर्व भन्दा बढी लगानी भित्र्याएको गैर आवसिय नेपाली संंघले एक पटकको नेपाली सधैको नेपालीको रुपमा सरकारले लगानीको लागि कानूनी हैसियत प्रदान नगरेकोले लगानीमा समस्या दखिएको आरोप लगाईरहेको छ । 

मताधिकारबाहेक सम्पत्ति आर्जनदेखि विभिन्न विषयमा सरकारले गैरआवासीय नेपालीलाई सहुलियत दिने बताएपनि उनीहरु खुशी देखिन्नन् । यसैको सन्दर्भमा उनीहरुले सरकारसँग छलफल गर्ने भएका छन् ।

गैरआवासीय नेपालीले दोहोरो नागरिकताको माग राखेपनि नेपालको संविधानले भने यस्तो कल्पना गरेको छैन् । 

यसकारण सरकारले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिसकेको र कानूनबाहिर गएर राखिने मागको खास अर्थ भने नहुने कानूनका जानकारहरुले बताउने गरेका छन् । 

विदेश बसाईसराई बढिरहेको बेला सरकारले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको वातारवण सिर्जना गर्नका लागि भने पहल थाल्न आवश्यक छ । तर, नेपालको नागरिकता लिने प्रक्रिया जटिल र विशेष प्रकृतिको रहेकाले पनि दोहोरो नागरिकताको विषयमा भने निर्णय हुन सक्ने स्थिति देखिन्न ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update