News 24 Television
सरकारविरुद्ध मैदान उत्रे कुलमान, अब सिधैं भिड्ने !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वक्यौता नतिर्ने उद्योगीको विद्युत लाइन काटिदिएका छन् । 

सरकारको चाहनाविपरित उद्योगीको लाइन काटिदिएका कुलमान सरकारको हिट लिस्टमा परेपनि उनी किन जब्बर बन्न थालेका  छन् त ? 

कुलमान घिसिङ, जसले १९\२० घण्टा लामो लोडसेडिङमा बसिरहेका नेपालीलाई तिहारको मौका पारेर उज्यालो दिए । उनले लोडसेडिङको अन्त्य गरिदिए । 

त्यसपछि उनी एकाएक जनताको नजरमा हिरो बन्न पुगे । सरकारको सामान्य कर्मचारीले चालेको कदम र विद्युत चुहावट नियन्त्रणदेखि व्यवस्थापनलाई चुस्त बनाउदा लोडसेडिङमात्रै हटेन, घाटामा चल्ने सरकारी संस्थानहरुको भीडमा विद्युत प्राधिकरण नाफामा गयो । 

त्यसपछि वाहवाही कमाउदै आएका उनीमाथि अनेक आरोप नलागेका भने होइनन् । तर, सरकारले हटाउन खोज्दा पनि बलियो जनसमर्थन पाएका कुलमान अब आफ्नो कार्यकालको अन्तिम तिर छन् । 

झण्डै साढे ९ महिना कार्यकाल बाँकी हुँदा कुलमानले विद्युत बक्यौता नतिर्ने उद्योगीको लाइन काटिदिएपछि फेरि सरकार भर्सेस कुलमान जस्तो स्थिति बनेको छ । 

जनताले कहालीलाग्दो लोडसेडिङ भोगिरहेको बेला निर्वाध विद्युत उपभोग गरिरहेका उद्योगी व्यापारी बक्यौता नतिर्न अनेक तिकडम गरिरहेका छन् । 

मुलुकको अर्थतन्त्र धरासयी बन्नेदेखि रोजगारी कटौति हुने भन्दै ठूलो धनराशी राज्यलाई नतिरेर नाफा आर्जनमा ध्यान केन्द्रित गरिरहेका छन् । तर, यसको अपवाद बनेका छन्, कुलमान । 

उद्योगी व्यापारीले कुलमानमाथि सरकारको बल प्रयोग गरिरहेको बेला के सरकार कुलमान हटाउने उपायको खोजीमा अझ तीब्र रुपले लाग्ला ? आम सर्वसाधारणमा चासो छ । 

नाफामा गएको विद्युत प्राधिकरण र विद्युतमा सम्भावनाको ढोका खोल्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका कुलमानमाथि सरकारले कारबाहीका अनेक उपाय खोजेपनि सहज स्थिति नबन्दा कुलमान जब्बर बन्न थालेका छन् ।

सिंगो सरकारको साथ पाएका उद्योगीमाथि हाबी भइरहेका छन् । यसले अब राजनीतिक ध्रुविकरणमात्रै नभएर सरकारको लोकप्रियता र मुलुकप्रति सरकारको दायित्वबारे समेत थप प्रष्ट पार्नेछ ।

किन जब्बर बन्दैछन् कुलमान ?

कुलमान अहिले कार्यकालको संघारमा छन् । साढे ९ महिनाजस्तो समयावधि रहेकाले उनी अब अन्तिममा कानूनी झमेलामा फस्नुको साटो सरकारले चाल्ने कदममा तयार बनेर बसेको देखिन्छ । सरकारले कारबाही गर्दै पदबाट हटाए जनताको ठूलो सेन्टिमेन्ट कुलमानतर्फ सोझिनेछ । 

सरकारविरुद्धको जनमत थप बलियो बन्नेछ । व्यापारीले हातमा राखेको नेपालको अर्थतन्त्र र त्यसमाथि दलहरुले गर्ने सौदाबाजीलाई कुलमानले चलचित्रमा देखाइएजस्तै सरकारसँग सिन क्रियट गरिदिएका छन् । 

जसले सरकार रक्षात्मक बन्ने र कुलमान जब्बर बन्ने संकेत थप बलियो बन्दै गएको छ । कार्यकाल सकेर घर फर्किनुको सट्टा वक्यौता उठाउन सके वा बक्यौता उठाउने कानूनी आधार टेकेर अघि बढेमा मात्रै पनि उनीमाथि जनताले ठूलो समर्थन गर्ने पक्का छ । 

राजनीतिक वितण्डाले थिलोथिलो परेको नेपाली समाज र स्वार्थ बाझिने खालका व्यापारीसँग सरकार र प्रधानमन्त्री केपी ओलीले गाँसेको साइनोले नै समाज आक्रोशित छ ।  

यस्तोमा कुलमान जतिसुकै जब्बर बनेर निर्णय गर्छन, त्यति नै उनलाई लाभ हुनेमा शंका छैन भने सिंगो राष्ट्रले समेत यसबाट ठूलो लाभ लिनेछ । 

कानूनी तरवार

कुलमानले बक्यौता विवादमा उद्योगीमाथि हाबी हुनेभन्दा पनि कानूनको पालना अक्षरंश नगरे जतिसुकै बेला अख्तियारदेखि अन्य झमेला व्यहोर्नुपर्नेमा शंका छैन् । 

यस्तो स्थितिलाई राम्ररी बुझेका कुलमानले प्राधिकरणभन्दा माथिल्लो निकायको लिखित निर्णय भए लाइन नकाट्ने मात्रै बताएका छैनन्, उनले निर्णय भए लाइन पेरि जोडिदिनेछन् । जसको दायित्व भोलिका दिनमा सरकारमा नै जाओस् । 

यसरी अघि बढेका कुलमानले बाँकी कार्यकाल जसरी विताएपनि उनको अन्तिम समय बक्यौता केन्द्रित बन्दा मात्रै पनि ठूलो सहानुभूतिसहित उनको बहिर्गमन हुनेछ । भने कानूनी झमेला समेत टर्ने स्थिति बन्नेछ । यस्तो कारण कुलमान भर्सेस सरकारको अवस्था सिर्जना भइसकेको छ ।  

 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update