जुम्ला । जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ ।
बडादशैं सकिए लगत्तै उनीहरु बिहान ६ बजेदेखि बेलुकासम्म कालीमार्सी धान भित्र्याउन व्यस्त बनेका हुन् । जुम्लाकै पहिचान जस्तो बनिसकेको मार्सी धान विविध कारणले अहिले लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।
जुम्लाका किसानहरु यतिबेला कालीमार्सी धान भित्र्याउन व्यस्त छन् । दशै सकिए लगत्तै उनीहरु धानबाली भित्र्याइरहेका देखिन्छन् । जुम्लाको ब्राण्ड बनेको मार्सी धान जति मीठो र पोसिलो छ, यसलाई फलाउन किसानले उत्तिकै मेहनत गर्नुपछ ।
मासी धान ७ महिनामा मात्र फल्छ । यहाँका किसानले चैतमा मार्सीको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोज अन्तिमबाट भित्र्याउन सुरु गर्छन् ।
कुनै बेला राणा शासनको समयमा केन्द्रमा रहेका शासकहरुले यही मार्सी धानको चामल काठमाडौँसम्म पु¥याउने गरिन्थ्यो । अहिलेका मन्त्री, सांसद लगायत ठूला ठूला होटलमा महंगो खानाको रुपमा प्रयोग हुन थालेपछि पछिल्लो समयमा जुम्लाको काली मार्सि धानको माग निकै बढ्ेको छ ।
गा्रहकहरु घर घरमा पुगेर प्रति के.जी २ सय रुपैयामा मार्सि चामल किन्ने गरेका छन् । गत बर्षहरु भन्दा यो बर्ष जुम्लामा किसानहरुले लगाएको धान बाली निकै राम्रो उत्पादन भएको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ ।
कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । जुम्लामा रहेको स्थानीय तहहरुले उच्च स्थानमा फल्र्ने लोपोन्मुख कालीमासी धान खेतीको संरक्षण र आधुनिकरणमा राज्यले कुनै पहल नगरेको किसानहरु गुनासो गरेका छन् ।
जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धान खेती हुने गरेको छ । कृषि विकास कार्यालयको तथ्याङकनुसार वर्सेनि जुम्लामा ६ हजार ३ सय ७७ मेट्रिक टन धान उत्पादन हुन्छ । करिब ७ सय वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ ।
२०२७ सालमा जुम्लामा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्ष सम्म स्वदेशी तथा विदेशी जातका धानको बिउको अनुसन्धान गरेको थियो । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ ।
मार्सी धान जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलमा २ हजार ७ सय ९० मिटरमा समेत फल्छ बर्सेनि मार्सी धान उत्पादन हुने जग्गामा बस्ती विस्तार हँुदै जाँदा खेत मासिने, कुलानाला बन्द हुने, फोहरमैलाले धानबाली नष्ट हुने हुँदा आजभोली यसको उत्पादन घटिरहेको छ ।