रूपन्देही । ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेपालको नेक्सस रुपन्देही–११ फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।
यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो ।
अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । भैरहवास्थि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ४७ रनको विशाल योगफल बनायो ।
बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४ ओभरमा १ मेर्डनसहित १३ रन खर्चेर ५ विकेट लिए । ८९ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रिएको नेक्सस रुपन्देहीले ११ ओभर ५ बलमा लक्ष्य पूरा गर्दै सहजै जित निकाल्यो ।
उसको जितमा शंकर रानाले ४०, विपिन विक्रम शाहीले १५ र मिर्नाल गुरुङले ११ रनको योगदान दिए ।