News 24 Television
केन्द्रको दबाबमा पूर्ण हुन सकेन लुम्बिनी सरकार 

रुपन्देही । सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका २ र अशोक राई नेत्तृत्वको १ गरी तीन मन्त्री थपेका छन् । 

नवनियुक्त मन्त्रीहरुले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहीबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको संख्या ११ पुगेको छ । १२ मन्त्रालय रहेका प्रदेश सरकारले अझै पूर्णता भने पाएको छैन । 

लुम्बिनी प्रदेशमा बुधबार नियुक्त भएका तीन जना नयाँ मन्त्रीले विहीबार पद तथा गोपनीयताको शपथ  लिएका छन् । 

मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पार्टिबाट बाँकेका आदेशकुमार अग्रवाललाई बुधबार मन्त्रि नियुक्त गरेका थिए । 

तिमिल्सिनालाई सामाजिक विकास, कलवारलाई वन तथा वातावरण र अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । 

तीनैजना मन्त्रीले बिहीबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरबाट शपथ लिएका छन् । 

मुख्यमन्त्री आचार्यले जन्मजय तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, देवकरण कलवारलाई वन तथा वातावरण मन्त्री र आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाएका छन् ।

यसअघि मन्त्रिपरिषद् गठन गर्दा नेपाली कांग्रेसका प्रदेश प्रमुख सचेतक तिमिल्सेनाको नेतृत्वमा सरकारमा जाने तयारी थियो । तर, सपथ ग्रहण गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका तिमिल्सेनाको नाम मन्त्रीको सूचिबाट हटाइएपछि उनी असन्तुष्ट बनेका थिए । 

पार्टीभित्रको यही असन्तुष्टिकै कारण लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । पहिला नाम काटिएका उनै जन्मजय तिमिलिसना अहिले सामाजिक विकास मन्त्रीको रुपमा नियुक्त भएका हुन् । 

१२ मन्त्रालय रहेको लुम्बिनीमा तीनजना नयां मन्त्री थपिएसंगै मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ । खाली रहेको युवा तथा खेलकुद मन्त्रालय मुख्यमन्त्री आचार्यले नै सम्हालेका छन् । मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ५जना र कांग्रेसबाट पनि ५ जना मन्त्री छन् । 

लुम्बिनी सरकारले पूर्णता नपाउनुको कारण 

लुम्बिनी प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त नहुाँदा मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । 

सरकारमा सहभागी हुने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अपूर्ण रहेको हो । 

लुम्बिनीका सत्तापक्षीय दल नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा थिए । तर केन्द्रबाट लोसपाबाट मन्त्री बनाउने दबाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको हो। लुम्बिनीमा गत साउन ७ गते आचार्यको नेतृत्वमा नयाँ सरकार बनेको थियो । कांग्रेसबाट मन्त्रिपरिषदमा महिलालाई सहभागी नगराइएकोमा पनि असन्तुष्टि छ । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update