रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । सहकारीको रकम अपचलनमा जोडिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले अनुसन्धानका लागि दोस्रोपटक ७ दिनको म्याद थप गरिदिएको हो । यसअघि उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो, जुन म्याद बिहीबार सकिएको छ ।
बिहीबार म्याद थपका लागि रविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । उनीसँगै छविलाल जोशीलाई पनि आज अदालत उपस्थित गराइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याएर खर्च गरेको आरोप उनीहरुमाथि लागेको छ । असाेज ६ गते पक्राउ परेका छवि भने एक महिनादेखि हिरासतमै छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१ १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय