News 24 Television
ग्राण्डी सिटी अस्पताललाई महानगरको फेरि ७ दिने अल्टिमेटम 

काठमाडौं । काठमाडौंको जमलस्थित ग्राण्डी सिटी अस्पतालको बहालवाला भवनबाट अस्पतालको सेवा हटाउन दिइएको अन्तिम समय बुधवार सकिएको छ । 

दाजुभाइको आधा–आधा भागमा निर्माण गरिएको अस्पताल भवन दाजुभाइको भागबन्डासँगै सञ्चालित सेवा नै हटाउन खोजिएको हो । अस्पतालको सेवा रहेको भवन खाली गर्न दिएको अन्तिम मिति सकिएसंगै काठमाडौ महानगरपालिकाले भवन खाली गर्न थप सात दिनको समय दिएको छ । 

सात दिनभित्र भवन खाली नगरिए बल प्रयोग गर्ने धम्की समेत महानगरपालिकाले दिएको छ । दाजुभाइको अंशबण्डा विवादले गर्दा यो अस्पतालको सेवा नै प्रभावित हुने अवस्थामा पुगेको छ । 

ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा. रुप ज्योतिको आन्तरिक विवादको असर काठमाडौँको कान्तिपथस्थित ग्रान्डी सिटी अस्पताललाई परेको छ । दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा–आधा हुँदा दुवैतिर फैलिएको अस्पताल प्रभावित भएको हो । दुई दाजुभाइबीच अंशबण्डा हुँदा अस्पतालको आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा दाइ पद्म ज्यातिको भागमा परेको भवनमा रहेका छन् । 

अस्पतालको सञ्चालन रुप ज्योतिले गरेका कारण आफ्नो भागको   भवनमा परेको अस्पतालको कक्ष तथा उपकरणहरु त्यहाँबाट हटाउन दाई पद्म ज्योतिले दबाब दिइरहेका हुन् । 

उनले अस्पतालका ती विभाग रहेको घर फ्ल्याट खाली गराई पाउँ भन्दै काठमाडौं महानगरपालिका न्यायिक समिति मुद्दा हालेका थिए । जसले उनीहरुबीचको विवाद अझ बल्झिएको थियो । महानगरपालिकाको निर्णयबिरुद्ध उच्च हुँदै मुद्दा सर्वोच्च पुगेको थियो । 

एक दशक स्वास्थ्य उपचार क्षेत्रमा योगदान पु¥याइरहेको ग्राण्डी सिटी अस्पताल संचालकको पारिवारिक विवाद अहिले उच्च विन्दुमा पुगेको छ । ग्राण्डी सिटी अस्पताललाई सहयोग पु¥याउँने उद्देश्यले पहिलोपटक सिटी क्लिनिकको रुपमा स्थापित ग्राण्डी सिटी अस्पताल पछिल्लो समय पारिवारिक कलहका कारण थला पर्ने अवस्था पुगेको छ । 

परिवारमा देखिएको बेमेल अदालतमा पुगेपछि अहिले अस्पतालले बहालका रुपमा प्रयोग गदै आएको अस्पतालको भवन खाली गर्न दवाव परेको छ । 

कानुनी रुपमा भवन खाली गर्न दवाव परे पनि अस्पतालले संचालनमा ल्याएको भवनको महत्वपूर्ण भाग स्थान्तरणका लागि समयको माग गरेको थियो । तर अस्पतालका उपकरणहरु र कक्षहरु सजिलै स्थान्तरण गर्न सम्भव नभएपछि डा. रुप ज्योतिले समय माग गरेका हुन् । तर यही कुरालाई पद्म ज्योतिको परिवारले अदालतसम्म पु¥याउँदै अस्पतालप्रति अमानवीय व्यवहार देखाइरहेको आरोप रुप ज्योतिको छ । 

भवन खाली गर्नका लागि महानगरपालिकाले बुधवार कार्तिक सात गतेसम्मका लागि समय दिएको थियो । अस्पताल हटाउन बल प्रयोग गर्ने तयारीमा रहेको काठमाडौं महानगरपालिकाले बुधवार फेरि थप सात दिन म्याद थप गरेको छ । तर यो थपिएको समय पनि अस्पताल स्थान्तरण गर्न अपुग हुने अस्पताल सञ्चालकको भनाइ छ । सात दिन भित्र पनि अस्पताल खाली नभएर बाध्य भएर अस्पतालले प्रयोग गरेको सेवा हटाइने धम्की महानगरले दिएको भन्दै आइसीयू तथा एनआईसीयूमा उपचारत अन्य शिशू यति छोटो समयमा कहाँ लग्ने भन्ने पिरोलो अस्पताललाई परेको छ । 

अस्पतालको स्थापनाको सुरुवाती समयमा दुईजानाको सहमतीमा दुवैको भागमा रहेको भवनमा अस्पतालको सेवा संचालन र विस्तार गरिएको थियो । तर पछि पारिवारीक कलह भएपछि भने रुपज्योति ग्रुपले दाइको भागको भवनमा संचालित सेवाका लागि मासिक १ लाख ८० हजार रुपौंँया तिरेर अस्पतालको सेवा संचालन गदै आइरहेको छ । अस्पतालले बहालवाला भवनमा अस्पतालका महत्वपूर्ण र संवेदनशील सेवा संचालित छन् । 

अस्पतालले संचालन गरेका सेवाहरु  

    पहिलो तल्लामा एनआइसीयू 

    एनआइसीयू आइसोलन 

    डर्माटोलोजि विभाग 

    इएनटी विभाग

    दोस्रो तल्लामा आइसीयू 

    एचसीयू 

    डायलिसिस लागयतका सेवा 

तर समय वित्दै जाँन्दा पारिवारिक फाटो बढ्दै गएपछि काठमाडौ महानगरपालिकाको न्यायिक समिती हुदै जिल्ला अदातलमा पुगेको थियो भने अदालतले रुपज्योतिको विपक्षमा दुई वर्ष अगाडी नै फैला जारी गरेको अस्पातल संचालकको भनाई छ । 

कानुनी रुपमा आफ्नो विरुद्ध फैसला आए पनि अस्पतालले बहालवाला भवनबाट संचालन गदै आएको सेवा स्थानतरणका आवश्यक पर्ने समय माग गरिरहेको छ । अस्पताल पूर्णरुपमा सार्नका लागि चार्ट नै बनाएर समय माग गरिएको छ । जसअनुसार माग गरिएको समय तालिका यस्तो छ । 

   - एनआइसीयू, इएनटी, विभागका लागि ४ सय १८ दिन

   - डाइलायिसीस विभागका लािग १ सय २० दिन 

   - मेडिकल ग्यास पाइपको कामका लागि २४ दिन 

   - आइसीयू एचसीयू तथा क्याबिन लागि ३ सय ७० दिन 

    साथै थप अन्य सेवाका लागि आवश्यक पर्ने समय अस्पताले माग गरेको छ । 

मणिहर्ष कंशाकारले स्थापित गरेको ज्योति समूह पछिल्लो लामो समयदेखि मुद्दामामिलामा फस्दै गएको छ । कंशाकारका छोराहरू पद्म ज्योति र डा. रूप ज्योति एकअर्काविरुद्ध मुद्दामामिला गरिरहेका छन् । 

खासगरि मणिहर्षको निधनपछि ज्योति समूह आफ्नै परिवारविरुद्ध एकअर्काविरुद्ध मुद्दा हाल्नेसम्मको तहमा पुगेको छ । तर अस्पताल जस्तो संवेदनशील विषयमा पारिवारिक कलहकै कारण अस्पतालको सेवा सुविधामै संकट आउने गरी तनाव देखिनुले भने पक्कै पनि राम्रो संकेत गरेको छैन । यसमा दुवै पक्ष संयमित भई समाधानको बाटोमा लाग्नु उपयुक्त देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update