News 24 Television
 ओलीविरुद्ध प्रचण्डको चालबाजी, के गर्लान् ओली ?

काठमाडौँ । सरकार प्रतिशोधको राजनीतिका उत्रिएको आरोप लगाउदै माओवादी केन्द्रले कात्तिक १० गते खबरदारी सभा र प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी ओली शासन सत्ता सञ्चालनमा कमजोर देखिएकोदेखि विभिन्न आरोप लगाएको माओवादी केन्द्रले सरकारले सय दिन पुरा गरेको केहिदिनमै आन्दोलनको घोषणा गर्नुले राजनीतिक तरङ्ग पैदा गरिदिएको छ । 

बाढी पहिरोको क्षति न्यूनिकरणदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी र्निेशक कुलमान घिसिङलाई हटाउने कदम चाल्न खोजेको सरकार आलोचनाको चुलीमा छ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेशको तयारी गरेपछि थप विच्किएको माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तर सहकारी ठगी आरोपमा मुछिएका धनराज गुरुङ एमाले सांसद तथा लेखा समितिका सभापति ऋषीकेश पोखरेल लगायतलाई बचाउने नियत साँधेको आरोप माओवादी केन्द्रको छ । अझं, विवादीय व्यवसायी मीनबहादुर गुरुङबाट एमालेले जग्गा दान स्वीकार गरेपछि प्रतिपक्षले स्वार्थ बाझिने गरी सरकारले भ्रष्टाचारलाई प्रशय दिएको आरोप थप पेचिलो बनाउदै लगेको छ ।

उसो त सरकारले विपक्षी दललाई तर्साउने र आफुमाथि प्रश्न गर्नेलाई ठेगान लगाउने नीति अख्तियार गरेपछि सडकमै ओर्लनु पर्ने अवस्था आएको माओवादी केन्द्रको दाबी छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछाने पक्राउ परेको दिनदेखि नै सडकमा प्रर्दशन गरिरहेको छ । उसले रवि माथि न्यायको माग राख्दै सरकार बिरुद्धको आन्दोलन चर्काे बनाइ रहेकै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी कार्यालयमा बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकमा खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन दिएका छन् । सरकारले जनपक्षीय काम गर्ने तर्फ भन्दा भ्रष्ट्रचारीबाट दान लिदैं प्रतिपक्षमाथि धावा बोल्ने र मनलाग्दी काम गर्न थालेपछि यस्तथो विषमा माओवादी चुप लागेर बस्न नसक्ने नेताहरुको जिकिर छ ।

माओवादी केन्द्रले कार्तीक १० गते गर्ने विरोध सभाको कारण उल्लेख गर्दे निकालेको १० बुदे विज्ञप्तीमा पनि सरकार विपद् व्यवस्थापन र सुशासनमा चुकेको कुरा उल्लेख गरिएको छ भने मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य दलहरुलाई विभाजन गर्ने उद्धेश्यमा सरकार लागेकाले त्यसलाई असफल पार्ने बताइएको छ । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update