News 24 Television
बीमा प्रभावकारी बनाउन शुरु भयो बहस र छलफल 

काठमाडौं । नेपालमा विपत्तीमा परेको नागरिकको जनधनको क्षति नोक्सानीको वीमा प्रभावकारी हुन सकेको र्छैन । कृषि तथा वाली एवं पशुधन वीमा प्रभावकारी हुन नसक्दा बिपन्न किसान लाभन्वित हुन सकेको छैनन् । वीमालाई आम जनताको पहुँचमा पु¥याउन वीमा योजनालाई समावेशी बनाउन बिज्ञहरुले जोड दिएका छन् । 

काठमाडौमा मंगलवारदेखि शुरु भएको समावेशी वीमा सम्वन्धि अन्तराष्ट्रिय सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी वीमा विज्ञहरुले आम नेपाली जनता वीमाको पहुँच भन्दा बाहिर रहेको बताएका हुन् । 

नेपाल वीमा प्राधिकरण, नेपाली वीमक संघ, जीवन वीमक संघ, माइक्रो इन्सोरेन्स एशोसिएसन र वीमाको अन्तराष्ट्रिय संस्था म्यूनिख रे फाउण्डेशनको आयोजनामा आयोजित कार्यक्रममा नेपालमा हुने प्राकृतिक विपत्ती, जलवायु परिवर्तन र जोखिमपूर्ण अवस्थाको कारण वीमालाई ब्यापक बनाउन आवश्यक भएको बताए । तर नेपालमा प्राकृतिक बिपत्तीमा परेका कृषकहरुको कृषि, वाली नाली वीमा प्रभावकारी हुन नसक्दा हरेक बर्ष किसानहरु प्राकृतिक विपत्तीको जोखिम र नोक्सानीमा पर्ने गरेका छन । 

सरकारले वीमालाई प्रभावकारी योजनामा समावेश गर्न नसक्दा कृषि वीमा प्रभावकारी हुन नसकेको नीजि वीमा कम्पनीहरुको भनाई छ । 

नेपालीका वीमा कम्पनीहरुले वीमा गरेका वीमितहरुको भुक्तानीमा कुनै पनि समस्या नरहेको नेपाल वीमक संघका अध्यष चंकी क्षेत्रीले बताए । 

नेपालमा वीमालाई समावेशी बनाउन तीनै तहको सरकारको भूमिका प्रभावकारी हुनु पर्ने अन्तराष्ट्रिय वीमा क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरुको भनाई छ । 

गत असोज पहिलो दोस्रो साता गएको अविरल बर्षा र वाढी पहिरोको कारण धान वाली, तरकारी, फलफूल तथा माछा लगायतका कृषि क्षेत्रमा ठुलो नोक्सानी भए पनि किसानहरुले वीमा नभएको कारण नोक्सानी ब्यवहोर्नु अवस्था रहेको गुनासो छ । 

कृषि वीमा र वीमाको पहुँच बिस्तारमा सरकारले प्राथमिकता दिनु पर्ने र वीमाको पहुुँच विस्तार गर्न आवश्यक रहेको नेपाली वीमा प्राधिकरणको भनाई छ । 

नेपालमा अझै पनि ठुलो संख्या वीमाको पहुँच र दायरामा समेटिन नसकेको हुदाँ वीमाको दायरा बढाउन तीनै तहको सरकारको प्रभावकारी भूमिका आवश्यक छ । कृषि वीमा अझै पनि वास्तविक किसानको भागमा पुग्न नसक्दा आम किसान वीमाको सेवा भन्दा बाहिर वीमाको पहुँचबाट बन्चित छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update