काठमाडौं । पछिल्लो समय विभिन्न कारणले युवापुस्तामा बैदेशिक रोजगारीमा जाने क्रम बढ्दो क्रममा छ भने बैदेशीक रोजगारीमा जाने युवावर्गमा बाँझोपनाको समस्या पनि विकराल बन्दै गएको देखिन्छ ।
आर्थिक स्थितीका कारण धेरैको रोजाई बैदेशीक रोजगारी हुने गरे पनि विदेश जानेहरुमा अन्य स्वास्थ्य समस्याहरुसँगै निःसन्तानपनको समस्या पनि प्रमुखरुपमा देखिदै आएको छ ।
परिवारको आर्थिक अवस्थाका कारण धेरै युवावर्गको रोजाइ वा बाध्यता पछिल्लो समय वैदेशिक रोजगार नै हुने गरेको छ । विदेशमा गएर टन्न पैसा कमाउँने र परिवारसंग खुसी जीवन बिताउँने धेरैको चाहना पनि हुन्छ । तर परिवारीक सुखका लागि बैदेशीक रोजगारीमा जाने धेरैको सपना भने निःशन्तान समस्याका कारण अधुरै बन्ने गरेको छ ।
अझै यो समस्या बैदेशीक रोजगारीका लागि खाडी मुलुक जानेहरुमा बढी देखिने गरेको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने पुरूषहरूमा उच्च तापक्रमका कारण शुक्रकिट उत्पादनमा हुने समस्याका कारण पुरुषमा निःसन्तानको समस्या बढ्दै गएको चिकित्कसहरुको अनुभव छ । विदेशमा काम गर्न जाने पुरुषमा उच्च तापक्रममका कारण शुक्रकिट उत्पादनमा ५० प्रतिशतसम्म कमी भएकाले पनि खाडी जाने पुरुषमा निःशन्तानपनको समस्या देखिने गरेको हो ।
दम्पतीहरुमा निःसन्तानपनको समस्या आएको अवस्थामा सुरुमा महिलामा केहि समस्या छ कि भन्ने सोच अहिले पनि हावी देखिन्छ ।
निःसन्तान समस्या महिला र पुरुष दुवैमा देखिने भए पनि सामाजिक चेतका कारण अहिले पनि महिलामा नै समस्या छ की भनेर परिक्षण गर्ने गरेको देखिन्छ । तर महिला र पुरुषमा निसन्तानको समस्या दुवैमा बराबरी जस्तै नै देखिने गरेको चिकित्सक बताउँछन् ।
अहिले निःसन्तान समस्या लिएर अस्पताल पुग्ने पुरुषहरुमा धेरै जस्तो खाडी मुलुक जाने पुरषका साथै धेरै गर्मी हुने खुला स्थानमा काम पुरुषमा पनि देखिने गरेको चिकित्सक बताउँछन् ।
यसका साथै पौष्टिक र गुणस्तरयुक्त खाना नखानु मोटोपना बढ्नु, रसायनयुक्त तरकारी र फलफूल खानु तथा ढिलो उमेरमा विवाह गर्नु तथा ढिला सन्तान जन्माउन खोज्नुले पनि निःसन्तान समस्या बढ्दै गएको चिकित्सक बताउँछन् ।
अमेरिकाको नेसनल लाइभरी अफ मेडिसिनका अनुसार चर्को गर्मी स्थानमा काम गर्नेमा बाँझोपनाको समस्या बढि देखिने गरेको छ । नेसनल लाइभरी अफ मेडिसिनले गरेको एक अध्ययन अनुसार ३५ डिग्री भन्दा बढि तापक्रममा काम गर्ने पुरुषमा वीर्यको संख्यामा कमीका साथै यसको गुणस्तरमा समेत ह«ास आउँने गरेको छ ।
आर्थिक वर्ष ०८०\८१ को प्रतिवेदन अनुसार नेपालबाट वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्यको रूपमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । यसरी अध्याधिक गर्मी स्थानमा कामदारका रुपमा काम गर्न जाने पुरुषहरु निःसन्तानको समस्या लिएर अस्पताल पुग्नेको सख्ंया पछिल्लो समय बढेको छ ।