News 24 Television
गाँजासहित २ जना भारतीय नागरिक सर्लाहीमा पक्राउ

सर्लाही । लालबन्दी प्रहरीले अवैध लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सर्लाही प्रतिबन्धित लागू औषधको गाँजाको हब बन्दै गएको छ । यहाँ लागू औषध ओसारपसार तथा भण्डार र खरिदबिक्रीका घटना सर्लाहीमा बढिरहेका छन् । सर्लाहीको लालबन्दिमा पछिल्लो समय लागु औषध कारोबारमा वृद्धि भएको देखिएको छ ।

इलाका प्रहरी कार्यालय लालबन्दीले लागु औषधको कारोबार र ओसारपसार तथा सेवनमा संलग्नलाई पक्राउ गरिरहेको छ । इलाका प्रहरी कार्यालय लालबन्दिका प्रहरि प्रमूख प्रहरी निरिक्षक सूजन पाठकका अनुसार लालबन्दिमा ठुलो मात्रामा लागुऔषधको खेती तथा कारोबार हुदै आएको छ ।

सर्लाही लालबन्दी नगरपालीका .५ मेजरगंज स्थित भित्री सडकखण्डमा इलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरि टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी बजार तर्फबाट जब्दी तर्फ जाँदै गरेको BR30T 4025 नम्बरकाे GLAMBOR मोटरसाइकल लाई चेकजाँच गर्दा सोही मोटरसाइकलको सिट भित्र प्लाष्टिकले बेरिएको अवस्थामा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध प्लाष्टिक सहित गाँजा ५ के.जि.३ सय ४० ग्राम सहित २ जनालाई इलाका प्रहरि कार्यालय लालबन्दिले नियन्त्रणमा लिएको छ ।

पर्काउ पर्नेमा मोटरसाइकल चालक देश भारत जिल्ला सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलिया बस्ने राज किशोर रामको छोरा अन्दाजि बर्ष २० को शंकर राम र देश भारत जिल्ला सितामडी थाना बेला बथौडा ग्राम पंचायत मुजलिया बस्ने राम बाबु साहको छोरा अन्दाजि बर्ष ३३ को अशोक साहले दिई पठाएको भनि भनिएकोले निज अशोक साह समेतलाई लालबन्दी नगरपालिका ७ स्थित रहेको दाजुभाई होटलबाट लालबन्दि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाईयको प्रहरिले जनायको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दिका प्रहरि निरिक्षक सूजन पाठकले लागूऔषधजन्य वस्तुको खेती र कारोबार ठूलो समस्या लालबन्दिमा रहेको बताए ।

अघिल्ला लालबन्दिका प्रहरी प्रमुखहरुको पनि यसमा चासो थियो, म यस लालबन्दिमा आएदेखि यस विषयमा गम्भीर भयर ध्यान केन्द्रित गरेर अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको छु’ प्रहरि निरिक्षक पाठकले भने, ‘मेरो इलाका प्रहरी कार्यालय लालबन्दिको कार्यकालको आयदेखि मेरो बढी ध्यान लागूऔषध बरामद गरी संलग्नलाई कारबाही अघि बढाउनेमा केन्दित भयको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update