News 24 Television
सञ्चालक दाजुभाइको विवादले अस्पताल सेवा नै प्रभावित !

काठमाडौं । स्वास्थ्य सेवा सामाजिक उतरदायित्व बोकेको सामाजिक सेवामुलक संस्था हो । अस्पतालले प्रदान गर्ने सेवा मानव स्वास्थ्यसँग सम्बन्धित हुने गर्दछ । स्वास्थ्य उपचारको दायित्व निर्वाह गर्दै आइरहेको काठमाडौंको कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल पारिवारिक विवादका कारण अहिले आफै मर्कामा परेको छ । दाजुभाइको विवादका कारण सेवा दिँदै आएको अस्पताल भवन नै खालि गर्नु भनी दबाबले स्वास्थ्य उपचार सेवा नै प्रभावित हुने देखिएको छ ।  

दश वर्ष भन्दा पहिले ग्राण्डी सिटी अस्पताललाई सहयोग पुर्याउने उदेश्यले सिटी क्लिनिकको रुपमा स्थापना गरिएको अस्पताल हो ग्राण्डी सिटी अस्पताल । स्वास्थ्य उपचारको क्षेत्रमा स्थापित बनेको यो अस्पताल पछिल्लो समय परिवारिक कहलका कारण थला पर्ने अवस्थामा पुगेको छ । ग्राण्डी सिटी अस्पतालका संचालकको परिवारमा देखिएको विवादका कारण अहिले अस्पतालले संचालन गर्दै आइरहेको प्रमुख स्वास्थ्य उपचार सेवा एनआइसीयू, आइसीयू, एचसीयू, जस्ता स्वास्थ्य उपचारका महत्वपूर्ण सेवा र त्यसमा उपचारत बिरामी समेत प्रभावित बन्ने देखिएको छ । 

अस्पतालको सेवा विस्तार गर्ने क्रममा ग्राण्डी सिटी अस्पतालको भवन दुई दाजुभाईको स्वामित्वमा रहेको जग्गामा निर्माण भएको हो । दुई दाजुभाइकै सहमतिमा अस्पतालको सेवा विस्तार गरिएको थियो । तर पछिल्लो समय दुईजना विच बेमेल भएपछि यस अस्पतालले बहालका रुपमा प्रयोग गर्दै आइरहेको भवनबाट तत्काल सेवा हटाउन दवाव सृजना गरिएको अस्पताल प्रशासनलले जनाएको छ । अहिलेको भवनमा अस्पतालको महत्वपूर्ण सेवा संचालन गरिँदै आएकाले यो सेवा अन्य स्थानमा स्थानान्तरण गर्न समय लाग्ने भएको केही समय माग गरिएको छ । तर यस विषयमा कुनै सुनुवाई नभएको अस्पताल संचालकको गुनासो छ । साथै वाहालवाला भवनमा अहिले महत्वपूर्ण सेवा संचालन  भइरहदा पनि मानवीय संवेदनालाई समेत लत्याएर भवन खालीका लागि दबाव सृजना गरिएको समेत अस्पताल सञ्चालकको गुनासो छ ।  

ग्राण्डी सिटी अस्पतालका सञ्चालक रुपज्योति ग्रुपमा देखिएको परिवारीक विवादकाबीच  अस्पताल बन्द गराउने उदेश्यले आफ्नो भागको भवनमा सञ्चालन भएको स्वास्थ्य उपचार सेवा बन्द गर्न भन्दै न्यायिक समितिमा परेको विवाद जिल्ला अदालतमा पुगेको हो । अदालतको फैसलापछि अस्पताल भवन खाली गर्न दबाब बढेको छ । तर अस्पतालले बहालवाला भवनको बहाल समेत भुत्तानी गरेर अस्पतालले प्रदान गरिरहेको सेवा स्थानान्तरण गर्न थप समयको माग गरिरहेको छ । स्वास्थ्य जस्तो अति संवेदनशिल सेवा भएकाले विरामीको सेवा नै प्रभावित हुने अवस्था आउन नदिन दुवै पक्षको सकारात्मक पहलकद्मीको आवश्यक छ । 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update