News 24 Television
केपी ओलीलाई चौतर्फी खतरा, अब हाक्का–हाक्की हमला !

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार गठन भएको सय दिन पुगेपछि विरोधका कार्यक्रम तीव्र पार्ने चेतावनी दिएका छन् । विवादीत व्यवसायीबाट जग्गा दान लिएको विषयमा चलिरहेको विवाद र प्रतिरक्षामा उत्रिएको एमालेबीचको मतभेद पनि चुलिएको छ । यस्तोमा के सरकार र प्रतिपक्षी अब आमनेसामने हुन लागेका हुन् ? चासो बढेको छ  । 

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले भ्रष्टाचारमा आरोपित व्यवसायीबाट जग्गा दान विषयले राजनीतिक वृत्त गर्माएको छ । एमाले नेतृत्वले मीनबहादुर गुरुङबाट जग्गा दान लिने विषयलाई स्वभाविक र हक लाग्ने भनेको छ ।

यतिमै नरोकिएको एमालेले जग्गा दान लिएको विषयमा आलोचना गर्नेमाथि स्पष्टीकरण समेत सोधेको छ । जसमा भीम रावल, बिन्दा पाण्डे, उषाकिरण तिमल्सिना लगायतका नेताहरु छन् । भीम रावल पार्टी सम्पर्कमा नरहेकोदेखि अनेक आरोप खेपिरहेको बेला अब स्पष्टीकरणबाट पार्टी सदस्यता नै खारेजीको बाटोमा पुगेको चर्चा चलिरहेको छ । यता, यहि विषयलाई लिएर विपक्षी दलहरुले एमालेले भ्रष्टाचारको पक्षपोषण गरेको आरोपलाई तीब्र पारिरहेको छ । 

सहकारी ठगीमा हिरासतमा रहेका रविले एक कदम अघि बढेर प्रधानमन्त्री ओलीलाई भ्रष्ट नेताको नाइकेको रुपमा चित्रण गरेका छन् । यसरी हेर्दा सरकारले लोकप्रियता गुमाउदै गएको बेला प्रतिपक्षी दलले पनि विरोधका कार्यक्रम तय गर्ने अन्तिम तयारी गरिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त सय दिनपछि विरोध गर्ने सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । 

विपक्षी दलहरुले सरकारविरुद्धको मोर्चावन्दीलाई कसिलो पार्न खोज्दै गर्दा सरकारको नेतृत्व गरिरहेका केपी ओलीले गरेका पछिल्ला निर्णयले समेत उनी राजनीतिक संकटतर्फ हेलिएका छन् । जग्गा प्रकरणदेखि ओलीको क्याबिनेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपि समेत रहेको आरोप रास्वपाले व्यापक प्रचारको अस्त्र बनाइरहेको छ । वेचेन झा पक्राउ प्रकरणलाई जोडेर यी दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणामाथि आरोपित गर्न खोजिरहेका छन् । भने अन्य केहि मन्त्रीहरु सहकारी ठगीमा समेत देखिएको आरोप उनीहरुको छ । तर, रास्वपाले ओली क्याबिनेटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिरहेको छ । 

दलित मतभेद तीव्र बन्दै गएको बेला ओलीले राजनीतिक हतियार बनाउनका लागि अध्यादेशको पासा भने फालेका छन् । तर, सरकारसँग प्रचण्ड बहुमत भएपनि लोकप्रियता र सुशासनको पक्षमा दृढ उभिन नसक्दा स्थिति भयावह बन्ने खतरा समेत उत्तिकै छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update