News 24 Television
थाउँलु वल्डकप २०२४ मा सहभागी हुने नेपाली उसु टोलीको विदाई

काठमाडौं । जापानको टोकियोस्थित योकोहा शहरमा हुने थाउँलु वल्डकप २०२४ मा सहभागी हुने उसु टोलीको विदाई गरिएको छ । अक्टोबर २३ देखि २८ सम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई विभिन्न विशिष्ट व्यक्तिहरुले विदाई गरेका हुन् । 

जसमा नेपाल सरकार वागमति प्रदेश यूवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जन, नेपाल लोकतांत्रिक खेलकुद संघ का अध्यक्ष देवेन्द्र कुमार सेरचन, राष्ट्रिय खेलकुद परिषद अन्तर्गत राष्ट्रिय टिम तयारी निर्देशक दिपक बिष्ट, उपनिर्देशक तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ का अध्यक्ष दिपक श्रेष्ठ लगायतले नेपाली टोलीलाई विजयीको सुभकामनासहित विदाई गरेका थिए । 

bidai-2-1729567705.JPG
विदाई कार्यक्रममा प्रदेश मन्त्री मिनकृष्ण महर्जनले अन्तरोष्ट्रिय प्रतियोगिताहरुमा खेलाडी सहभागिता गराई राष्ट्रको नाम साथै खेलाडीहरुले आफ्नो  उसु खेललाई अन्तराष्ट्रिय जगतमा चिनाउने कार्य गरि पदक जित्न सफल भईरहेको र महासंघले पनि उसु खेलको विकासमा महत्वपूर्ण योगदान दिई रहेकोमा  धन्यबाद ज्ञापन गरेका थिए । उनले वागमति प्रदेश यूवा तथा खेलकूद मंत्रालय र खेलकूद विकास परिषद उसु खेलप्रति सदैव सहयोग साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।  

थाउँलु वल्ड कप को बारेमा जानकारी दिँदै सहभागीता हुनका लागि गत २०२४ अप्रिल महिनामा मित्र राष्ट्र चीनमा सम्पन्न भएको अन्तराष्ट्रिय आमंन्त्रित उसु प्रतियोगिता बाट पाँच खेलाडी छनोट भई आएको नेपाल उसु महासंघका महासचिब ल्हाक्पा छिरिङ लामाले जानकारी दिए ।  

तेस्रो थाउँलु वल्डकप २०२४ मा नेपाली उसु टोलीको नेतृत्व महासचिब लामाले गर्नेछन् भने अन्तराष्ट्रिय कोच निकेश श्रेष्ठले टिम कोचको भुमिका निर्वाह गर्नेछन । 

थाउँलु वल्डकप २०२४ मा सहभागी हुने नेपाली उसु खेलाडीहरु र उनीहरुको अघिल्लो प्रदर्शनः 
१. दिपक हमाल ( १९औ एशियन गेम्स सहभागी, अन्तराष्ट्रिय आमंत्रित उसु प्रतियोगिता चाईना काँस्य पदक, १३ औ साग स्वर्ण पदक र १० औ राष्ट्रिय गेम्स स्वर्ण पदक) 

२. विजय सिंजाली (१८ औ र १९ आँै एशियन गेम्स सहभागी, अन्तराष्ट्रिय आमंत्रित उसु प्रतियोगिता चाईना काँस्य, १३ औ साग स्वर्ण पदक र १० औ राष्ट्रिय गेम्स स्वर्ण पदक वल्ड उसु कमब्याट गेम्स रियाद स्वर्ण पदक) 

३. निमा घर्ती मगर (१८ औ र १९औ एशियन गेम्स सहभागी, अन्तराष्ट्रिय आमंत्रित उसु प्रतियोगिता चाईना टप ४, १२ औ र १३ औ साग स्वर्ण पदक र १० औ राष्ट्रिय गेम्स स्वर्ण पदक) 

४. पासाङ शेर्पा (१९औ एशियन गेम्स सहभागी, अन्तराष्ट्रिय आमंत्रित उसु प्रतियोगिता चाईना टप ५ , र १० औ राष्ट्रिय गेम्स स्वर्ण पदक)  

५. राजिब तामाङ (अन्तराष्ट्रिय आमंत्रित उसु प्रतियोगिता चाईना कास्य पदक , १० औ राष्ट्रिय गेम्स स्वर्ण पदक) 
 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update