News 24 Television
दल फुटाउने अध्यादेश ल्याउँदै प्रधानमन्त्री ओली

काठमाडौँ । सत्तारुढ दलहरुकै असहमतिका बाबजुद प्रधानमन्त्री केपी ओली दल फुटाउने अध्यादेश ल्याउने तयारीमा छन् । राजनैतिक दलसम्बन्धी अध्यादेशको मस्यौदा तयारी अवस्था रहेको र प्रधानमन्त्रीले चाहनेबित्तिकै त्यो लागु हुने स्रोतले बताएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि ओलीले अध्यादेश ल्याउने अन्तिम तयारी गरेको बुझिएको छ । आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ र सोही बैठकमा उक्त अध्यादेश पेश गर्ने तयारी छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले अध्यादेश ल्याउन मानिरहेका थिएनन् । तर प्रधानमन्त्री ओलीले तारन्तारको ताकेतापछि देउवा पनि अध्यादेश ल्याउन सहमत भएको बताइएको छ । आइतबार राति अबेरसम्म भएको छलफलमा ओलीले विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने विषयमा देउवाको साथ खोजेका थिए । सोमबार देउवाले काँग्रेसभित्रैका प्रभावशाली नेताहरुसँग यसबारे छलफल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update