News 24 Television
अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालद्वारा क्लिनस्वीप

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज ‘क्लिन स्विप’ गरेको छ। सोमबार बिहान भएको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लिनस्वीप गरेको हो । 

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने बराबरीमा गएपछि सुपरओभरमा नेपालले जितेको थियो । तेस्रो खेलमा ८ विकेटको फराकिलो जित हात पार्दै क्लिनस्वीप गरेको हो ।  तेस्रो खेलअगावै आइतबार नै नेपालले सिरिज जितिसकेको थियो । 

सोमबार बिहान भएको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको थियो । नेपालले १८.४ ओभरमा २ विकेट मात्रै गुमाएर उक्त लक्ष्य पूरा गरेर सिरिज जितेको हो । नेपालका लागि आसिफ शेखले ५० र अनिल शाह १३ रन जोडेर आउट भएपछि कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन जोड्दै अविजित रहेका थिए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update