काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा भीम रावलसहितका नेताहरुलाई स्पष्टीकरण सोधेको छ । आईतवार साँझ पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पार्टीको निर्णयबिरुद्ध गइ अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव शंकर पोखरेलले लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई स्पष्टीकरण सोधिएको बताए ।
पार्टीको केन्द्रिय कार्यालय भवन निर्माणका सन्दर्भका बारेमा चलिरहेका छलफल र बहसहरुमा पार्टी निर्णयको बिरुद्धमा जाने, पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए ।
उहाँले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिनाले पार्टी निर्णय विपरित सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोप्रति पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए ।
सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले सिफारिस गरेअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए ।