News 24 Television
टी–२० सिरिज : अमेरिकाविरुद्ध नेपालको जित

काठमाडौँ । टी–२० सिरिजमा नेपालले अमेरिकाविरुद्ध जित हात पारेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।

खेलको निर्धारित २० ओभरमा नेपाल र अमेरिकाका दुबै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि तीन रनको लक्ष्य दिएको थियो । नेपालका लागि सोमपाल कामीले राम्रो योगदान दिएकाले नेपालले उक्त लक्ष्य सहजै पूरा गर्न सक्यो । 

नेपालको जितसँगै यस सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update