News 24 Television
रविको रिहाईका लागि काठमाडौंमा प्रदर्शन

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गरेको भन्दै पार्टीका नेता÷कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेका छन् । शनिवार काठमाडौंको माईतीघरमा भेला भइ पार्टीका नेता÷कार्यकर्ताहरुले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा बिरोध जनाएका हुन् । काठमाडौंको माईतीघरमा प्रदर्शनकारीहरुले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट—भूटानी सरकार मुर्दावाद, सरकार म¥यो, जनतालाई जुठो प¥यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए । 

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रवार साँझ पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update