रविलाई भोली अदालतमा उपस्थित गराइने
सहकारी ठगी प्रकरण र संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका रवि लामिछानेलाई आज सार्वजनिक विदा परेका कारण भोली मात्रै अदालतमा उपस्थित गराइने भएको छ । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई पोखरा पु¥याइएसँगै रास्वपाका प्रभावशाली नेताहरू पनि पोखरा केन्द्रित भएका छन् । दुई उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले, तोशीमा कार्कीलगायतका नेताहरू पोखरा पुगिसकेका छन् भने समर्थत तथा कार्यकर्ताहरु पनि पोखरा पुग्ने क्रम जारी छ । रास्वपा कार्यकर्ताहरूले आज बिहान ११ बजे मानवअधिकार चोक, पोखरामा विरोध प्रदर्शन गर्ने भएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१ ०८:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय