News 24 Television
रवि लामिछानेलाई पक्राउ गरिदै

काठमाडौं–पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले पार्टी कार्यालयमा छ । सीआइबीका एसपी हविन्द्र बोगटीले रविलाई पक्राउ गर्ने प्रक्रियागत कामहरु गरिरहेका छन् । पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । प्रहरीले आजै कास्की लैजाने तयारी छ । रवि र रास्वपाले स्थलमार्गबाट जाने प्रस्ताव गरेका छन् । यसमा प्रहरी पनि तयार रहेको बुझिएको छ ।  रविलाई कास्की लैजाने क्रममा रास्वपाका नेता कार्यकर्ताहरु पनि सँगसँगै जाने तयारी गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update