News 24 Television
रंगत संकलमा कमी

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन शुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए । 

अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको गुप्ताको भनाइ छ । प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दशैँ, तिहार जस्ता चाडपर्वले मानिसहरु घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको उनले जानकारी लिए । 

पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको हो । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेका गुप्ताको भनाइ छ । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि उनले जनाए । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत संकलन गर्नुपर्ने भएकाले  नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update