News 24 Television
प्रहरी ऐन नबन्दा रडाको !

काठमाडौं । प्रदेश र संघ सरकारबीच क्षेत्र अधिकारको बिषयलाई लिएर वादविवाद भइरहेकै हुन्छ । संविधानले शक्तिको बिकेन्द्रिकरण भनेको छ । तर कतिपय कानुन अभावका कारण तीनै तहका सरकारबीच एकले अर्काेलाई औंला ठड्याउने परिपार्टीको बिकास भइरहेको छ । ऐन नबन्दा प्रदेश र संघ सरकारबिच प्रहरी परिचालनको क्षेत्रअधिकारको विवाद कायमै छ । मुलुकमा संघियता कार्यान्वयन भएको ७ बर्ष भइसक्दा पनि अझै संघ सरकारका दुवै सदनबाट प्रहरी ऐन निर्माण हुन सकेको छैन । 

जसले गर्दा प्रहरी परिचालनको बिषयमा पटक पटक प्रदेश र संघ सरकार बिच विवाद हुने गरेको छ । प्रदेश सरकारका नेतृत्व गरेकाहरुले संघले चाँडो भन्दा चाँडो प्रहरी समायोजन गर्नुपर्ने दवाव दिइरहेका छन् । प्रदेश सरकारले यहि विषयलाई लिएर पटक पटक संघ सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि धर्ना दिने काम गरेका छन् । प्रदेश सरकारले कानुन निर्माण गरिसकेको अवस्थामा पनि संघ सरकारबाट प्रहरी संमायोजन नहुदाँ प्रदेश सरकारको काम कारवाहीमा समस्या परेको मधेश प्रदेशका मुख्यमन्त्री सतिकशुमार सिंहको भनाइ छ । 

प्रदेश सरकारले प्रहरी समायोजनको कुरा जोडतोेडले उठाई रहदाँ संघ सरकार भने चाँडै प्रहरी ऐन निर्माण हुने भन्दै ओठे जवाफ फर्काइरहेको छ । मुलुकमा संघता कार्यान्वयनपछि २ पटक दुई तिहाई सरकारको नेतृत्व गरेका वर्तमान् प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको वर्तमान् सरकारले पनि प्रहरी समायोजन गर्न चसो देखाई रहेको छैन । यसले गर्दा प्रहरीको निवृतिभ्रमणमा समेत असर पुगेको छ । जसले गर्दा पछिल्लो समय तल्लो दर्जाका प्रहरीहरु पलायन हुनेको संख्या बढ्दो छ भने प्रदेश सरकारले पनि प्रहरी परिचालन गर्न पाएका छैनन् । यद्यपी सरकार चाँडै प्रहरी ऐन निर्माणको तयारीमा रहेको गृहमन्त्री रमेश लेखक बताउँछन् ।
  
प्रहरी समायोजनमा र प्रहरी ऐन निर्माणमा चिसोपना देखाउनु मुलुककै शान्ति सुरक्षा कायमका लागि पनि त्यति राम्रो होइन । प्रहरीलाई समायोजन गरेर प्रदेश सरकारलाई काम गर्न दिनुपर्नेमा आफैमा शक्ति केन्द्रित गर्ने संघ सरकारको चिन्तन रहेको पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीको आरोप छ । 

मुलुकमा संघीयता लागु भएसंगै निजामति कर्मचारीको दरबन्दी मिलान भयो, दरबन्दि मिलान भए पनि कतिपय बिषयमा कर्मचारी र सरकारको अझै कुरा मिलेको छैन । प्रहरी समायोजन गर्ने ओठे प्रतिवद्धता जनाए पनि अहिलेसम्म पनि सरकारले प्रहरी समायोजन कसरी गर्ने भन्ने कुनै खाका समेत कोर्न सकेको छैन । ०००  

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update