News 24 Television
पुबुदु दासानायके फेरि नेपाल आउँदै

कुनै समय नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका पुबुदु दासनायके जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल प्रिमियर लिगको टिम जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य प्रशिक्षकमा अनुबन्धन गरेको हो । पुबुदुको नेतृत्वमा नेपालको राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो । 

पुबुदुले नेपाली क्रिकेटमा पुन फर्किन पाउँदा खुसी लागेको बताएका छन् । उनले नेपाल प्रिमियर लिग एसोसियट राष्ट्रहरु मध्येको उत्कृष्ट फ्रेन्चाईज लिग हुन गइरहेको भन्दै खुसी ब्यक्त गरेका छन् । पुवुदुले प्रशिक्षण गर्ने जनकपुरको मार्की खेलाडीको रुपमा अशिफ शेख छन् । टिमले अक्सनमार्फत ललित राजवंशी, अनिल साह जस्ता खेलाडीलाई अनुबन्धन गरेको छ ।  नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update