News 24 Television
महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमवार २३ सदस्यीय टिमको घोषणा गरेको हो । एन्फाले घोषणा गरेको टोलीमा कप्तान अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर  छन् ।

टोलीमा रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी पनि सहभागी छन् । यसैगरी रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी टोलीमा छन् ।

साफ महिला फुटबल च्याम्पियनशिप विहिवारदेखि काठमाडांैमा हुँदै छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपालसँगै समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समुह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् । प्रतियोगिताको पहिलो खेल बिहिवार भारत र पाकिस्तानबीच हुँदैछ भने नेपालले पहिलो खेल शुक्रवार भुटानसँग खेल्दैछ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update