News 24 Television
आजबाट खुले सरकारी कार्यालय

आजबाट सरकारी कार्यालय खुलेका छन् । दशैँको विदा सकिए पनि दशैँ अझै सकिएको छैन । दशैँ मनाउन गाउँ गएकाहरु कर्मथलो भित्रिने क्रम जारी छ । आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । सिंहदरबारमा पनि दशैँको बीचमा काठमाडौं उपत्यकामा रहेका र गाउँबाट फर्किसकेका कर्मचारी कार्यथलोमा आइपुगेको देख्न सकिन्छ । यद्यपि काठमाडौं उपत्यकाबाहिर दशैँ मनाउन गएका कर्मचारीहरु पनि दशैँ मनाएर जन्मथलोबाट कर्मथलो आउने क्रम बाक्लो छ । 

सिंहदरबार भित्र संघीय मन्त्रालयका कर्मचारीहरुको उपस्थिति देख्न सकिन्छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले आजबाट सरकारी कार्यालयहरु खुलेको र काठमाडौं उपत्यकामा रहेका कर्मचारीहरु कार्यालय आएको बताए । उनले दशैँ मनाउने क्रम जारी रहेकाले दशैँ मनाउन गाउँ जानेहरु पनि फर्किने क्रम जारी रहेको उल्लेख गरे । संसद अधिवेशन नभएको बेलामा पनि संसद सचिवालयले वार्षिक कार्यक्रमहरु अघि बढाइरहेको गिरीको भनाइ छ । सहसचिव गिरीले दशैँ तिहारको बीचमा संसदीय समितिका बैठकहरु गणपूरक संख्या पुगेको खण्डमा बस्ने पनि जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update