News 24 Television
६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको बताएका छन् । अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ४० हजार अफगान शरणार्थीहरू घर फर्किएका बताएका हुन् । 

करिव ६ लाख ५० हजार शरणार्थीहरू इरानबाट फर्केका छन् । ८० हजार पाकिस्तानबाट र बाँकी १० हजार टर्किएबाट घर फर्केका छन् । गत वर्ष झन्डै २० लाख अफगान शरणार्थी स्वदेश फर्किएका छन् । करिव ७० लाख अफगान शरणार्थीहरू अझै पनि विदेशमा छन् । जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update