News 24 Television
आज पनि दशैंको टीका जारी

आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप विजयादशमीको टीका र जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चलिरहन्छ । त्यसैले टाढा हुने आफन्तजनको टीका शुरु भएको दिनेदेखि कोजाग्रत पूर्णिमासम्म टीका र आशिरवाद थाप्न जाने चलन छ । 

बडादसैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरू हतारहतार हिँडिरहेका छन् । मंगलवारदेखि सरकारी कार्यालय खुल्ने भए पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update