News 24 Television
दशैंमा पनि चितवन रंगशालाको काम धमाधम

चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर भइरहेको छ । रंगशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । दशैमा समेत बिदा नबसी गरिएको निर्माण कार्यबाट रंगशालाको काम १० प्रतिशत सकिएको छ । 

धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले गत साउनदेखि रंगशाला निर्माण गरिरहेको छ । 

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलान गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । २०८३ साल पुससम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाख रुपैयाँमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् । 

रंष्शाला निर्माण गर्न चालू आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्ष रुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update