काठमाडौंमा बढ्यो चहलपहल
बडादशैँ अन्तर्गत टीकाको दोस्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ । उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो । मान्यजनको हातबाट टीका ग्रहण गर्न जानेहरूको पनि चोक चोकमा चहलपहल देखिन्छ ।
दशैँमा सुनसानजस्तै देखिने सडकहरूमा सवारी साधनको संख्या बाक्लिएको छ । उपत्यकाका सडकमा आइतबार विशेषगरी निजी चार पांग्रे र दुईपांग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक सवारी साधन भने न्यून देखिएको छ । जसले सार्वजनिक सवारी प्रयोग गरी आवातजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ ।
दशैँको मुखमा आएको बाढीपहिरो र डुबानका कारण विगतको तुलनामा यसपटक काठमाडौं छाड्नेको संख्या थोरै थियो । यद्यपि फूलपातीदेखि सडकमा सवारी चाप घटेको थियो । दशैँ मनाउन गएकाहरू पनि उपत्यका भित्रिन थालेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१ १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय