News 24 Television
निर्मल निवासमा सर्वसाधारणको लाम

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । शनिवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम लागेको थियो । 

पूर्वराजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् । दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैंघर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update