News 24 Television
विशिष्ट व्यक्ति र सर्वसाधारण पनि टीका लगाउन राष्ट्रपति निवासमा

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैँको टिका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका र जमरा ग्रहण गरेका हुन् । साइतमा आफ्नो घरमा टिका लगाइ प्रधानमन्त्री ओली राष्ट्रपतिको हातबाट टिका ग्रहण गर्न शितल निवास पुगेका थिए । 

आज राष्ट्रपति पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई समेत टिका लगाइदिएका छन् ।  प्रधानमन्त्री ओलीले भने विपद्का कारण आफूले घरमा मात्रै टिका लगाउने र दशैँको टिका सर्वसाधारणलाई नलगाइदिने उद्घोष  गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update