News 24 Television
कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास 

नेकपा (एमाले) को कीर्तिपुरमा केन्द्रिय कार्यालय भवनको शिलान्यास गरिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार वैदिक विधिअनुसार सो कार्यालय भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता÷कार्यकर्ताको उपस्थिति रहेको छ । 

एमालेले पार्टी सदस्यहरुको सदस्यता शुल्क र सहयोगबाट पार्टी मुख्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । सो जमिन एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका प्रमुख मिनबहादुर गुरुङले उपलब्ध उपलव्ध गराएका हुन् । 

२०७२ सालको भूकम्पपछि काठमाडौँ महानगरपालिका–१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको थियो । हाल च्यासलस्थित पार्टी कार्यालयमा पनि हरेक वर्ष बाढीको सामना गर्नुपरेकाले स्थायी रूपमा केन्द्रिय कार्यालय बनाउने काम शुरु गरिएको एमालेले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update