News 24 Television
दशैं मनाउन काठमाडौं छोड्नेहरु

काठमाडौं– नेपालीहरुको महान चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ । विजया दशमीका दिन नेपालीहरु आफू भन्दा अग्रजबाट टिका, जमरा लगाएर आशिर्वाद लिने गरिन्छ । जसका लागि आजसम्म काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रबाट घर फर्किनेहरुको लर्को छ । काठमाडौं उपत्यका लाखौँले छोडिसकेका छन् ।

रोजगारीको सिलसिलामा शहर पसेकाहरु पनि दशैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन् । काठमाडौंको नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका स्थानहरुमा यात्रुहरुको चाप धेरै देखिन्छ । टिका आउन अब मात्रै भोलिको दिन बाँकी रहेकाले पनि मानिसहरु घर फर्किने क्रम बाक्लिँदै गएको छ । साथै काठमाडौं उपत्यकामा भने सवारीसाधन कम केही कम देखिन्छ । काठमाडौंका सडकहरुमा बिस्तारै सवारीसाधन पातलिँदै गएका छन् ।

बसपार्कमा घर जाने र टिकट काट्नेहरुको लाम भने बाक्लो छ । 

 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update