काठमाडौं । के तपाईले बुटवल– नारायणघाट सडक खण्डमा यात्रा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने अवश्य पनि तपाईलाई त्यो सडक खण्डमा खेपेको सास्तीले आक्रोशित बनाउँछ ।
४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ सालको माघ २४ गते सम्झौता भएको सडकअहिले सम्म निर्माणाधिन अवस्थामै रहेको छ ।
बुटवल–नारायणघाट सडक खण्डले यात्रुलाई मात्र सास्ती दिएको छैन, दाउन्ने पूर्वको पर्यटन र व्यसायमा पनि उस्तै असर पारेको छ । खराब बाटोको कारण दाउन्ने पश्चिमका अधिकांश पर्यटक यता आउन खोज्दैनन् भने उता जाने पर्यटक पनि अहिले भैरहवा नाकाको तुलनामा बिरगञ्ज, जनकपूर लगायतको सीमाप्रयोग गर्ने गरेको छन् ।
बाटोकै कारण गतवर्षको तुलनामा लुम्बिनी आउने आन्तरिक पर्यटकको संख्यामा ४ प्रतिशतले कमि आएको छ । लुम्बिनी विकास कोषका अनुसार २०२३ को सेप्टेम्बरसम्म लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या ४ लाख २० हजार ४ सय ५३ जना रहेको थियो । यस वर्षको सेप्टेम्बर सम्ममा ३ लाख ९५ हजार ७ सय ९१ ले लुम्बिनी भ्रमण गरेका छन् ।
बाटो खराब रहेको कारण नयाँवर्ष, दशैं लगायतका विदाहरुमा दाउन्ने पूर्वका पर्यटकहरुले लुम्बिनीको तुलनामा उतैको पर्यटकीय गन्तब्यहरुलाई प्राथकिता दिने गरेका छन् ।
बाटोको कारण पर्यटकको साथै यस क्षेत्रको व्यसाय पनि खस्किदै गएकोमा व्यवसायीहरुको चिन्ता छ । बाटोकै कारण भैरहवा भन्सार हुदै आउने भारतीय समान पनि कम भएको छ । यहि सडककै कारण चालकहरु बैकल्पिकनाकाको रुपमा बिरगञ्ज र जनकपूर नाकाप्रयोग गरिरहेका छन् ।
भैरहवा नाका हुदै नेपाल छिरेका भारतीय नम्बर प्लेटका गाडीहरुले ७२ घण्टे सुविधा पाएका हुन्छन् । अर्थात नेपाल छिरेको ७२ घण्टा भित्र उनिहरु भारत फर्किनु पर्छ । तर बुटवल–नारायणघाट सडक खण्ड प्रयोग गर्ने अधिकांशमालवाहक गाडीहरुको पट्टा भाचिनेजस्ता समस्या आउने गरेको छ ।
समय पनि लाग्ने र जरिवाना तिर्नुपर्ने तथा गाडी मरम्मतमा पनि धेरै खर्च लाग्ने कारणले भारतीय चालकहरु पनि यो बाटो प्रयोग गर्न खोज्दैनन् । जसले गर्दा भैरहवाभन्सार कार्यालयको राजस्वमा पनि असर पारेको छ ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने यो योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी रहेको छ ।