News 24 Television
गोदावरीका बाढी पीडितलाई नेपाल जाइका अलमनाई एसोसियसनको राहत सहयोग

काठमाडौं । अविरल वर्षापछि आएको वाढी र पहिरोबाट ललितपुर जिल्लाको गोदावरी नगरपालिका बडा नं. ५ र ६ का पीडित परिवारलाई नेपाल जाइका अलमनाई एसोसियसन (जान) बाट राहत सामाग्री वितरण गरिएको छ ।

जानले जापान नेपाल सोसाइटी, सम्बृद्धिका लागि यथायोग्य कार्य संस्था (आइस्याप) र आफ्ना केही सदस्यहरुको सहयोगमा उक्त राहत सामाग्री वितरण गरेको हो । 

जान र आइस्यापको संयुक्त टिमले स्थानीय नगरपालिकाका सम्बन्धित वडा कार्यालयहरुसंग समन्वय गरी वास्तविक पीडितहरुको घर दैलोमा नै पुगी पीडितहरुको नामावली तयार गरी सो नामावलीको आधारमा राहत सामाग्री उपलब्ध गराएको जानका अध्यक्ष डा. रामचन्द« भुसालले बताए । 

जानले हरेक वर्ष गर्दै आएको दशैं भेटघाट कार्यक्रम (शुभकामना आदानप्रदान) यस वर्ष रद्द गरी सो कार्यक्रममा खर्च हुने रकम बाढी पहिरो पीडितहरुको लागि सहयोग गर्ने निर्णय गरेको र यस किसिमको राहत दशैंको अगाडी नै पीडित परिवारको हातमा पु¥याउनपाउँदा पीडितहरुलाई थोरै भएपनि सहयोग पुगेको महसुस भएको अध्यक्ष डा. भुसालले बताए ।

राहत सामाग्री वितरण कार्यक्रममा उपस्थित गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानले गोदावरी नगरपालिकामा लामो समयदेखि सामुदायिक विकास काकार्यक्रम सन्चालन गर्न र विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराउन सहयोग गर्दै आएकोले जानलाई धन्यवाद दिए ।  

jaika-nepal-1728367762.JPG
त्यस्तै गोदावरी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मिलनसिलवालले जानले लेले क्षेत्रको समग्र विकासमा र प्राकृतिक विपद पर्दा जहिले पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सन्चालन गर्दै आएको र हाल जापान नेपाल सोसाइटी र आइस्यापको सहयोगमा पाँच वर्षे कृषि प्रवद्र्धन आयोजना (Agriculture Promotion Project in Nepal)
सन्चालन, यस क्षेत्रका युवाहरुलाई लामो अवधिको लागि जापानमा तालिममा पठाउने कार्यको लागि सहजीकरण, जापानको राष्ट्रिय फूल साकुरा गार्डेन स्थापना लगायतका थुप्रै कार्यक्रममा सहयोग पु¥याएकोले जानलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको सामाजिक सेवा गर्ने संस्थालाई सहयोग गर्न आफु सधै तयार रहेको बताए । 

गोदावरी न.पा.वडा नं. ६ का अध्यक्ष विष्णुमान महर्जनले जान, आइस्याप र जापान नेपाल सोसाइटीबाट भएको यस किसिमको राहत वितरण कार्यक्रमले दशैंको मुखमा पीडितहरुको लागि घाउमा मलम लगाउने कार्य भएको बताए । 

chamal-1728368265.JPG
जानले जापान नेपाल सोसाइटी, आइस्याप लगायतका संघसंस्था र आफ्ना सदस्यहरुको सहयोगमा ललितपुरको लेले क्षेत्रमा विगत लामो समय देखि सामुदायिक विकास कार्यक्रमहरु सन्चालन र महाभुकम्प, कोरोना जस्ता महामारीको लगत्तै राहतका कार्यक्रमहरुमा सहयोग गर्दै आएको छ ।

यस पटक जानबाट वाढी र पहिरोबाट पीडित ९४ परिवारको लागि करीव ४००० के.जी. दैनिक उपभोग गर्ने खाद्यान्न चामल, दाल र चिनी वितरण गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update