News 24 Television
परोपकार प्रसूतिमा सुविधै सुविधा, रगत पनि अस्पतालमा

काठमाडौं । दुर्घटनामा परेर धेरै रगत बगेका विरामी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा प्रसुतिका लागि रगतको आवश्यता र माग धेरै हुने गर्दछ ।

अस्पतालमा पुगेका यस्ता कुनै पनि बिरामीले रतगका लागि धेरै डौडधुप गर्दा पनि आवश्यता अनुरुप रगत नपाएको गुनासो धेरैको सुनिने गरेको छ । तर, थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भने प्रसूतिका लागि पुग्नेहरुले रगतकै लागि दुख खेप्नु पर्ने अवस्था अहिले भने छैन । 

यहाँ पुग्ने विरामीका लाई रगत प्राप्त गर्न अन्त जानु नपर्ने यस अस्पतालको रक्तसंचार केन्द्रको भनाई छ । प्रसूतिका समयमा रगतको आवश्यकता धेरै पर्ने र यो महत्वपूर्ण पक्ष भएका कारण नै प्रसूतिका लागि आउँने बिरामीका लागि रगतको व्यवस्थापनमा जुटेको बताइएको छ ।

प्रसूति गृहले बिरामीलाई आवश्यक पर्ने रगत अस्पतलमा नै व्यवस्था सकेमा बिरामीका लागि राहत हुने सोचका कारण२०७२ सालको भूकम्पपछि अस्पतालले आफै प्रसूतिमा रक्त संकलन कार्य सुरु गरेको थियो । अस्पतालमा नै रतगको व्यवस्थापन हुँदा प्रसूतिका लागि पुग्ने धेरैले सहजताको महसुस समेत गरेका छन् । 

प्रसूति गृहले डेंगी संक्रमण भएका बिरामीका लागि सेतो रगत समेत उपलब्ध गराइरहेको छ । रगत जस्तो महत्वपूर्ण वस्तु अभाव भएर बिरामीले अकालमै मृत्युवरण गर्नुपर्ने भएकाले रगतको उपलब्धताका लागि रक्तसंचार केन्द्रले समय समयमा रक्तदानको कार्यक्रम समेत संचालन गदै आएको छ । 

यहाँ पुग्ने आमा तथा नवजात शिशुलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक रगत अस्पताल आफैले व्यवस्था गरिरहेको छ । कहिलेकाही प्रसूतिमा जटिलता आएको अवस्थामा एउटै बिरामीलाई ५५ पोका सम्म रगतको आवश्यता समेत परेको छ । 

हाल यस अस्पतालले प्लाज्मा, रातो रक्तकोषिका, सेतो रक्तकोषिका र प्लेटलेट जस्ता ब्लड कम्पोनेन्ट अर्थात रगतको तत्व छुटाउने सेवा पनि उपलब्ध छ । साथै रगत क्रसम्याच गर्ने, ब्लड ग्रुप छुटाउने र एन्टिबडी स्क्रिनिङ गर्ने जस्ता अत्याधुनिक मेसिन सहितको सेवा समेत अहिले उपलब्ध रहेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update